देउरालीमा क्वारेन्टाइन चेकपोस्ट
देउरालीमा क्वारेन्टाइन चेकपोस्ट
गोरखाःजिल्ला प्रवेशको मुख्य नाका देउरालीमा क्वारेन्टाइन चेकपोस्ट स्थापना भएको छ ।
गोरखा नगरपालिका–१३ देउराली स्थित रवर उद्योग नजिकै आज क्वारेन्टाइन चेकपोस्ट स्थापना गरिएको भेटरनरी अस्पताल तथा पशुसेवा बिज्ञकेन्द्र गोरखाका प्रमुख डाक्टर ब्रजकिशोर ठाकुरले जानकारी दिए । जिल्लामा रोगी पशुपन्छी भित्रन नदिन कार्यालय चेकपोस्ट नै स्थापना गरेको उनले बताए ।
‘गोरखामा पक्षि र पशु भित्राउन रोगमुक्त भित्र्याउन सकियोस् भन्ने उद्देयले पुश क्वारेनटाईन सेवा सञ्चालन गरिएको हो, उनले भने, ‘अब जिल्लामा सवै पशुपन्छीको नियमित चेकजाँच गरेर भित्र्याइने छ ।’ ठाकुरले अन्य जिल्लाबाट कुखुरा, रागाँभैसी लगायतका पशुबस्तु जिल्लामा भित्र्याउदा रोगी पशुबस्तु समेत भित्रन सक्ने खतरा रहेको भन्दै नियमित त्यसको नियन्त्रणका लागि सेवा सञ्चालनमा ल्याइएको बताए ।
अन्य जिल्लाहरुमा पछिल्लो समय बर्डफ्लु लगायतका रोगको संक्रमण देखिएको भन्दै गोरखामा बर्डफ्लु भित्रन नदिनका लागि क्वारेनटाइन चेकपोस्ट स्थापना गरिएको उनको भनाई छ । ‘चितवन, बिरगञ्ज लगायतका जिल्लाहरुबाट ल्याइने कुखुरा, कुखुराका चल्लाहरु जिल्ला भित्रन् नपाउदै बाटोमा नै चेक गर्दा वर्डफ्लुु लगायतका रोग भित्रन पाउदैन, पुर्व सावधान पनी हो,’ उनले भने ।
क्वारेनटाइन चेकपोस्ट स्थापना भएसंगै कार्यालय नियमित अनुगमन र चेकजाँचका लागि सजिलो भएको प्रमुख ठाकुरको भनाई छ । ‘पशुबस्तुबाट मानिसमा ७० प्रतिसत भन्दा बढि रोगहरु सर्ने रहेछ,’ उनले भने, ‘अन्य जिल्लाबाट ल्याइएको पशुबस्तुको स्वास्थ्य छन् की छैनन् भन्ने जानकारी नहुदा यहाँका नागरिकहरु पशुबस्तु बाट सर्ने रोगको जोखिम हुने सम्भावना थियो, अब त्यसको न्युनीकरण गर्न सजिलो हुने भएको छ ।’
‘चेकपोस्टमा जिल्ला भित्र्याउन ल्याइने सवै पशुबस्तुको स्कृनिङ जाँच गरिन्छ,’ उनले भने ‘त्यसबाट पशुपन्छी रोगी छन् की छैनन् भन्ने जानकारी त्यही नै हुने भएकाले रोगी पशुपन्छी जिल्लामा भित्रन पाउदैन ।’