शिक्षिकाको कुटाइबाट वालकको ढाड र हातमा निलडाम
शिक्षिकाको कुटाइबाट वालकको ढाड र हातमा निलडाम
गोरखा ः गोरखा नगरपालिका–११ स्थित सन्त जोसेफ वोर्डिङ स्कुलमा कक्षा ५ मा पढ्ने १० वर्षिय वालक श्रीयन्स श्रेष्ठलाई शिक्षिकाले कुटपिट गरेको भन्दै प्रहरीमा उजुरी दर्ता भएको छ ।
सोमबार विद्यालयकी विज्ञान शिक्षिका मनिषा मगरले कुटपिट गरेको पिडित वालकले बताए । किताव नल्याएको विषयमा कुटपिट भएको उनले बताए । ‘पुस्तक विचमा परेछ मिसले सोध्धा भेटिन, पछि भेटेर देखाएू,’ श्रीयन्सले भने,‘झुट वोल्छस भन्दै ढाडमा ढ्याप–ढ्याप पिट्नु भयो, सरि भन्दा पनि तेरो सरि चाहिदैन भन्दै फलामको स्केलले पनि पिट्नु भयो ।’ उनको हात र ढाडमा निलडाम प्रस्ट देखिन्छ । सामान्य गल्तीमा कुटपिट भएको भन्दै उनकीआमा सृजना श्रेष्ठ सहितका स्थानीय असार नौ गते जिल्ला प्रहरी कार्यालय आएर उजुरी दिएका छन् । घटनाको वारे अध्ययन भइरहेको वैठक वसेर उचित निर्णय लिने उत्त वोर्डिङका सहायक प्रेन्सिपल फादर सुनिलले बताए ।
असार नौ गते निवेदन दर्ता भएको भएको र अनुसन्धान गरि आवश्यक कारवाही प्रक्रिया अघी वढाइने एसपी भोला रावलले बताए ।