६ महिनामा मानव अधिकार उल्लंघनका २९ घटना
६ महिनामा मानव अधिकार उल्लंघनका २९ घटना
गोरखा ः जिल्लामा पछिल्लो ६ महिनामा वालिकामाथि जवरजस्ती करणी, उद्योग र यौन दुब्र्यवहारको घटना वढेको पाइएको छ ।
अनौपचारीक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले अंग्रेजी महिनाको जनावरी देखि जुन सम्मको घटना सार्वजनिकीकरणमा सवैभन्दा वढी नौ घटनामा वालिका यौनजन्य हिंसामा परेका घटना छन् । जसमध्ये ६ घटना उद्योगका छन् भने तिन जवरजस्ती करणीका छन् । राज्य पक्षबाट गिरफ्तार भएका ४, गैरराज्य पक्षबाट शिक्षक माथि भएका दुब्र्यवहारका २, महिला माथि भएका जवरजस्ती करणी, उद्योग र यौन दुब्र्यवहारका तिन, विद्यार्थी माथि भएको अप्राकृतिक यौनजन्य कृयाकलापका १ र महिला हिंसाका १० घटना गरि २९ घटना सार्वजनिक गरिएको छ । अर्धवाषिक समिक्षामा सहभागी अधिकारकर्मीले हिंसाका घटना न्यूनिकरणका लागी गाउँ–गाउँमा जनचेतनामुलक कार्यक्रम संचालन गर्नुपर्ने जोड दिएका छन् । यस्ता घटना वढेकोमा अधिकार कर्मिले चिन्ता समेत जनाए । गाउमा जनचेतना मुलक कार्यक्रम संचालन तिव्रता दिन सके यस्ता घटना न्यूनिकरणमा आउने एम्नेष्टि इन्टरनेशनल समुह ७६ का रमेश अधिकारीले बताए । ‘घटना संकलन आफैमा राम्रो कुरा छ, यस भन्दा माथि उठेर केहि वृहत खाले जनचेतनामुलक कार्यक्रम गरौँ,’ उनले भने । शैक्षिक, महिला हिंसा लगायतका समस्या प्रति स्थानीय तहले वृहत खाले जनचेतनामुलक कार्यक्रम गर्नुपर्ने अधिकारकर्मीले बताए । यस्ता घटना न्युनिकरणका लागी स्थानीय तहमा निकै न्यून कार्यक्रम भएकोमा कार्यक्रमका सहभागीले चिन्ता जनाए । कानुनी ज्ञानको अभावले पनि घटना वढ्दै गएकाले कानुनको विषयमा स्थानीय स्तरमै गएर वुझाउन सके यस्ता घटना न्यूनिकरण हुने सहभागीके भनाइ छ । इन्सेकको घटना अभिलेखिकरण गर्नु प्रसंसयोग्य भएको पनि सहभागिले बताए ।
राजनितिक आस्थाका आधारमा विप्लव नेतृत्वको नेकपाका नेता कार्यकर्ता गिरफ्तार हुने गरेकोमा पनि अधिकारकर्मीले चिन्ता जनाएका छन् । विचारकै आधारमा गिरफ्तार गर्न नहुने उनिहरुको तर्क छ । ‘गतिविधि कस्तो गरेको छ हेरेर कानुनी दायरामा ल्याउनुपर्ने हो, आस्थाकै आधारमा गिरफ्तार गर्नु न्यायसंवत भएन,’मानव अधिकार सञ्जालका संयोजक यदु अधिकारीले भने । कार्यक्रममा बोल्दै डिएसपी महेन्द्र नेपालले वलत्कार र वलत्कार प्रयासका घटना वढ्दै गएकोमा दुख ब्यक्त गरे । भने,‘उमेर समुहले समस्या आएको छ, १४–१५–१६ वर्षमा भागेर विहे गर्ने परिवारमा असहमती भएपछि रेप भन्दै आउने पनि छन्, कानुनत २० वर्ष मुनि विहे गर्न नपाइने भनिएको छ ।’