विस्थापित वस्तीमा खानेपानी देखि विजुली वत्ति सम्मको समस्या

विस्थापित वस्तीमा खानेपानी देखि विजुली वत्ति सम्मको समस्या


बिहिबार, असार १२, २०७६


विस्थापित वस्तीमा खानेपानी देखि विजुली वत्ति सम्मको समस्या

गोरखाः धार्चे गाउँपालिका–२  केरौजाँबाट विस्थापित भएर गोरखा नगरपालिका–६  सिमलगैरीमा आएर वसेका भूकम्प पीडितले खानेपानी, विजुली सगै सडक मर्मतको माग गरेका छन् ।
वुधबार अनौपचारीक क्षेत्र सेवा केन्द्र इन्सेकले उक्त वस्तीको  भूकम्पपीडित सगँ गरेको छलफलमा सहभागीले थातथलो छाडेर विस्थापित हुनुपर्दा समस्या नै समस्या भागेको गुनासो गरे ।          पुरानो दुर्गमको केरौजा वस्तीमा भूकम्प पछि वस्ती भित्र धाजा फाटेर जोखिम वढेपछि २१ घर धुरी थातथलो छाडेर सिमलगैरीमा आएर वसेका छन् । ‘पुरानो गाउको वस्ती क्षतविक्षद छ, घर वनाउने सुर्को पनि छैन,’स्थानीय काजिराम गुरुङले भने,‘सुरक्षित जग्गा खोज्दै यहाँ आएर वस्यौँ, तर यहाँ घर अट्ने जग्गा छ, सुरक्षित ठाउँमा आनन्द सँग सुत्न त पाएका छौँ, तर अरु सवै समस्या नै समस्या मात्र छ ।’ वस्तीमा खानेपानीको निकै समस्या रहेको कान्छि गुरुङ बताउँछिन् । ‘एक गाग्री पानी लिन एक घण्टा लाग्छ, धारो सानो फेरि भिडभाड त्यस्तै हुन्छ, लुगा धुन नुहाउन त खोलाको पानी प्रयोग गर्ने गरेका छौँ,’कान्छिले भनिन् । वस्ती सम्म पुग्ने सिमलगैरी खोलामा वाल हाले आउजाउमा सहज हुने अर्का स्थानीय सुन्दर गुरुङले बताए । ‘ग्याविनल जाली भरे आउजाउ गर्न सहज हुन्थ्यो,अव वर्खा लाग्यो वालवच्चा पनि सजिलै स्कुल जान सक्थे,’उनले भने,‘कोहि विरामी भइहाले अहिले त एम्वुलेन्स आउन सक्ने वाटो पनि छैन, ग्रावेल हालेर सडक स्तरोन्नती भए अझै सजिलो हुन्थ्यो ।’ विस्थापीत वस्तिका २० वालवालिका डुम्रीडाडाको विद्यालयमा अध्ययनका लागी जाने गरेका छन् ।
विजुलीको पोल गाडेपनि           तार नटाग्दा समस्या परेको उनले बताए । ‘दशैतिर पोल गाडेको हो, तार टागेको छैन, टेक्निकल कलेज सँग मागेर विजुली वाल्दै आएका छौँ,’गुरुङले भने,‘वस्तीका तल्लो घर सम्म पु¥याउन अझै तिन चार वटा पोल चाहिन्छ ।’ ढल निकासको पनि समस्या रहेको दिनेश गुरुङले बताए । ‘अव वर्खा लाग्यो,माथिका घरहरु पनि समस्या त छ, तर माथिका भन्दा पुछारका घरहरुमा माथिबाट वगेको भेल पस्ने संभावना छ, खेतका पानी सवै यहि ठाउबाट वग्छ,’ दिनेशले भने । स्थानीयका समस्या सुनपपछि वडा नम्वर ६ का कार्यवाहक वडा अध्यक्ष आनन्द गुरुङले विजुली वक्तिको तार विस्तारका लागी पहल गर्ने             वताए । ‘विस्थापित वस्तीमा धेरै समस्या रहेछ,’ उनले भने,‘वडाले सिफारिस वनाएर विद्युत                प्राधिकरणमा दिनुपरेपनि दिन्छौँ, वडा कार्यालयले विद्युत विस्तारका लागी दुइ चार दिन भित्रै पहल थालिहाल्छ ।’ पानीको स्रोतको खोजि गरेर वस्ती पु¥याउने उनले              बताए । ‘सवैभन्दा ठुलो पानीको समस्या रहेछ, यसमा वडा कार्यालयले ध्यान दिन्छ,’ उनले   भने । ढल निकासको समस्या सामाधानका लागी प्राविधिक ल्याएर स्थलगत अध्ययन गरिने उनले बताए ।
धार्चे गाउपालिकाको वस्ती भूकम्प पछि जोखिममा परेपछि २१ घर धुरी सिमलगैरीमा आएर वसेका छन् । उनिहरुले अहिले सम्म जग्गा खरिदको रकम पनि पाएका               छैनन । यस्ता जोखिम वस्ती पीडीतलाई वढीमा दुइ लाख सम्म जग्गा खरिदका लागी दिने पुननिर्माण प्राधिकरणको प्रावधान छ  । जग्गा खरिद गरेर घर वनाएको एक वर्ष वितिसक्दा पनि जग्गा   खरिदको रकम नपाएको कजिराम गुरुङले गुनासो गरे । पुननिर्माण               प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइ अनुदान ब्यवस्थापन तथा स्थानीय पुर्वाधारको कार्यालयले भने असार मसान्त भित्रै उनिहरुलाई जग्गा खरिदका लागी रकम उपलब्ध गराउने गरि प्रक्रिया शुरु भइसकेको बताएको छ । उत्त रकम जग्गा धनीको नाममा निकासा हुने प्रावधान छ ।
यहाँका भूकम्प पीडितले थातथलो छाड्दा नुन तेल खान सम्म समस्या परेको गुनासो गरे । ‘मजदुरी गर्न जाउ कहाँ जाने पनि थाहा छैन, कोहि मान्छे चिनेको छैन, घर अट्ने जग्गा छ, गरिखाने वारी छैन,’ कान्छि गुरुङले भनिन्,‘दिनभर फुर्सदिलो वस्नु          परेको छ, नुन, तेल, चामल सवै वेसाएर खानुपरेको छ,  काम नगरि पैसा हुदैन ।’ गाउँको जग्गा वाझिएको र अर्काको ठाउमा आएर वस्दा हात मुख जोर्नै समस्या           परेको यहाँका पीडितले गुनासो           गरेका छन् ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda