सवारी दुर्घटना बढ्यो

सवारी दुर्घटना बढ्यो


बिहिबार, असार १२, २०७६


सवारी दुर्घटना बढ्यो

केशव गुरुङ

गोरखा ः गत बर्षको तुलनामा यस बर्ष जिल्लामा सवारी दुर्घटना बढेको छ । गत आर्थिक बर्ष २०७४÷७५ मा २३ वटा सवारी दुर्घटना भएपनि चालु आर्थिक बर्ष २०७५÷७६ को असार ६ गते सम्म सवारी दुर्घटनाको संख्या ३२ पुगिसकेको छ ।
यस बर्ष सवारी दुर्घटनामा     परी १४ जनाको ज्यान गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाले जनाएको छ । मत्यु हुनेमा १२ पुरुष र २ बालक रहेको ट्राफिक कार्यालयका असई इन्द्रजंग थापाले बताए । यस बर्ष दुर्घटनामा परी ३४ जना गम्भिर र २० जना  साधारण घाइते भएको उनले जानकारी दिए । सबैभन्दा बढि मोटरसाइकल दुर्घटना रहेको कार्यालयले जनाएको छ । ‘९ वटा मोटरसाइकल, ८ वटा ट्याक्टर, ७ वटा ट्रक÷ ट्याङकर, ५ वटा बस, २ टिप्पर, र १÷१ माइक्रो, जिप÷कार दुर्घटना भएको हो,’ थापाले भने । साघुँरो सडक तर सवारी चाप बढि भएका कारण दुर्घटना दर बढेको थापाले बताए । चालु आर्थिक बर्षको असार ६ गतेसम्म ट्राफिक कार्यालयले ६५ लाख ४१ हजार राजश्व सकंलन गरिसकेको छ । ट्राफिक नियम उल्लघंन गर्ने ९ हजार ६ सय  सवारीलाइ कारवाही गरी उक्त               राजश्व संकलन गरिएको ट्राफिक टिका शर्माले बताए ।
सवैभन्दा बढि ३ हजार ११५ ट्रक कारवाहीमा परेका छन् । उक्त ट्रकबाट २० लाख ७३ हजार                राजश्व संकलन भएको छ । त्यस्तै १ हजार ९०६ कार÷जिप÷भ्यान कारवाहीमा परेका छन् । उनीहरुबाट १२ लाख ९१ हजार    राजश्व संकलन भएको ट्राफिक शर्माले जानकारी दिए । कारवाहीमा परेका १ हजार ९३७ मोटरसाइकलबाट १२ लाख ६० हजार राजश्व संकलन भएको छ । यस बर्ष १ हजार ७२५ ट्याक्टर                  कारवाहीमा परेका छन् । उनीहरुबाट ११ लाख ६५ हजार  राजश्व संकलन भएको छ । त्यस्तै कारवाहीमा परेका ९ सय १७ बस÷मिनिबसबाट ५ लाख ७० हजार राजश्व संकलन भएको ट्राफिक कार्यालयले जनाएको छ ।
गत आर्थिक बर्ष ११ हजार सवारीलाइ कारवाही गरी कुल ७१ लाख ६० हजार राजश्व संकलन भएको ट्राफिक शर्माले जानकारी दिए ।




प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda