उपत्यकाका सबै विश्व सम्पदालाई खतरा सूचीमा राख्ने युनेस्कोको प्रस्ताव
उपत्यकाका सबै विश्व सम्पदालाई खतरा सूचीमा राख्ने युनेस्कोको प्रस्ताव
संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को) ले काठमाडौँ उपत्यकाका सबै विश्व सम्पदालाई ‘खतराको सूची’ मा राख्ने प्रस्ताव गरेको छ ।
प्रस्तावबारे युनेस्कोको आगामी जुन ३० देखि जुलाई १० सम्म अजरबैजानको बाकुमा हुने ४३औँ सेसनमा छलफल हुने भएको छ ।
प्रस्ताव पारित भए काठमाडौँ उपत्यकाभित्रका विश्व सम्पदामा सूचीकृत क्षेत्रहरुको अन्तर्राष्ट्रिय पहिचान संकटमा पर्न सक्ने चिन्ता पुरातत्व विभाग स्रोतले व्यक्त गरेको छ ।
उपत्यका काठमाडौँ, ललितपुर र भक्तपुर दरबार स्क्वायर, पशुपतिनाथ मन्दिर, बौद्धनाथ, स्वयम्भूनाथ, चाँगुनारायण मन्दिर क्षेत्र विश्व सम्पदामा छन् ।
युनेस्कोले उपत्यकामा भूकम्पमा क्षतिग्रस्त पुरातात्विक दरबार र मन्दिर पुननिर्माणमा ढिलाइ गरेको, सम्पदा संरक्षणमा उचित ध्यान दिन नसकेको , पशुपतिनाथ क्षेत्रको बीचाट सडक खोलेको, कंक्रिटको संरचना बनाएको उल्लेख गर्र्दै खतराको सूचीमा राख्ने प्रस्ताव गरेको हो । by ratopati