विप्लव कार्यकर्ता पक्राउ
विप्लव कार्यकर्ता पक्राउ
गोरखा ः नेक्र विक्रम चन्द ‘विप्लप’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सदस्य तथा किसान महासंघका जिल्ला संयोजक रोहित पन्त पक्राउ परेका छन् । ४५ वर्षीय पन्तलाई बुधबार राती शहिद लखन गाउँपालिका–४ ताक्लुङबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनलाई राजद्रोह अन्तर्गत मुदा दर्ता गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी प्रमुख एसपी भोला रावलले बताए ।