यारुबगरका व्यापारी सम्पर्कविहिन, अपहरण भएको हुनसक्ने आशंका
यारुबगरका व्यापारी सम्पर्कविहिन, अपहरण भएको हुनसक्ने आशंका
गोरखा ः धार्चे गाउँपालिका–१ यारुबगरका व्यापारी धनकमल गुरुङ सम्पर्क विहिन भएका छन् ।
बुधबार रातीबाट सम्पर्क विहिन भएका गुरुङ अपहरणमा परेको हुन सक्ने प्रहरीको आंशका छ । यारुबगरबाट आफ्नै खच्चड धपाउँदै माछाखोला आउँदै गरेका उनको मोवाइल पनि स्विच अफ रहेको प्रहरीले बताएको छ । खच्चडहरुको काँटी खोलेर भारी खोलिएको अवस्थामा भेटिएको स्थानीयले बताएका छन् । गुरुङको खोजी कार्य भइरहेको छ ।