३५ वर्ष कटेका पुरुषले यी ५ स्वास्थ्यजाँच अवश्य गराउनुहोस्

३५ वर्ष कटेका पुरुषले यी ५ स्वास्थ्यजाँच अवश्य गराउनुहोस्


शुक्रबार, असार १३, २०७६


३५ वर्ष कटेका पुरुषले यी ५ स्वास्थ्यजाँच अवश्य गराउनुहोस्

३५–४० वर्षको उमेरपश्चात् व्यक्तिको शरीरमा अनेकतरहका बदलाव आउने गर्छन् । आजकल युवावस्थामै मानिसहरू मोटोपन, उच्च रक्तचाप, मधुमेहलगायत दीर्घरोगको सिकार हुन्छन् । यही कारणले नै उमेर बढेसँगै कतिपय घातक (असाध्य) रोगहरूको खतरा बढ्दै जान्छ । स्वास्थ्यमा ध्यान नदिनाले आजकल कम उमेरमै हृदयाघात, क्यान्सरलगायत समस्या निकै बढिरहेका छन् । केही यस्ता स्वास्थ्यपरीक्षण छन्, जुन हरेक पुरुषले ३५ वर्ष उमेर पार गरेपश्चात् कम्तीमा वर्षको एकपटक अनिवार्य गराउनुपर्ने हुन्छ । ती स्वास्थ्यपरीक्षणबारे जानौँ :

१. बिएमआई परीक्षण गराउनुहोस्
बिएमआई अर्थात् बडी–मास इन्डेक्स एउटा साधारण स्वास्थ्यपरीक्षण हो । बिएमआईमा व्यक्तिको उचाइ र वजनको अनुपात निकाल्ने गरिन्छ, ताकि ऊ कति स्वस्थ छ भन्ने पत्ता लगाउन सकियोस् । आजकल मोटोपन एउटा ठूलो समस्या हो । मोटोपन स्वयम्मा कुनै रोग होइन, तर यो अनगिन्ती रोगको कारण बन्न सक्छ । १८.५ देखि २४.९ सम्मको बिएमआई राम्रो मानिन्छ । यदि तपाईंको बिएमआई योभन्दा बढी छ भने तपाईंले आफ्नो खानपान र जीवनशैलीमा आजैदेखि परिवर्तन गर्नु आवश्यक छ ।



२. दाँतको परीक्षण गराउनुहोस्
तपाईंलाई यो सुनेर आश्चर्य लाग्न सक्छ कि, तपाईंको दाँत र मुटुका बीच आपसमा गहिरो सम्बन्ध हुन्छ । दाँतमा हुने कतिपय सामान्य मानिने रोग हृदयाघातको कारण बन्न सक्छन् । यसैले प्रतिवर्ष आफ्नो दाँतको परीक्षण गराउनुहोस् । गिजामा हुने कुनै पनि प्रकारका समस्यालाई सामान्य नसम्झनुहोस् ।

३. ब्लड सुगर (मधुमेह)को परीक्षण गराउनुहोस्
रगतमा चिनीको मात्रा बढेमा डायबिटिज (मधुमेह) हुन्छ । सुरुवाती चरणमा यसका धेरै लक्षणहरू देखिँदैनन् । यसकारण ३५ वर्ष उमेरपश्चात् प्रतिवर्ष एक–दुईपटक आफ्नो रगतमा सुगर लेबल (चिनीको मात्रा) अवश्य पनि परीक्षण गराउनुपर्ने हुन्छ । यदि सही समयमा डायबिटिज पत्ता लाग्यो भने औषधि र जीवनशैलीमा बदलावबाट यसलाई निको पार्न सकिन्छ । तर, समस्या बढ्दै जाँदा डायबिटिजको कुनै उपचार उपलब्ध छैन ।

४. कोलेस्टेरोलको परीक्षण गराउनुहोस्
उच्च केलेस्टेरोलका कारण मुटुसम्बन्धी विभिन्न रोगहरू (हृदयाघात, कार्डियक अरेस्ट, हार्ट ब्लक आदि)को खतार बढ्छ । वास्तवमा कोलेस्टेरोल बढ्नाले धमनीहरूमा कल्मस जम्न सुरु हुन्छ, जसले रक्तप्रवाह (ब्लड सर्कुलेसन)लाई अवरुद्ध गर्छन् । त्यसैले वर्षमा कम्तीमा एकपटक आफ्नो रगतमा कोलेस्टेरोलको लेबल अवश्य परीक्षण गराउनुहोस् । यसबाट तपाईं हृदयाघातको खतराबाट बच्न सक्नुहुन्छ ।

५. मेटाबोलिजमको परीक्षण गराउनुहोस्
तपाईंको शररको मेटाबोलिजममा नै तपाईंको स्वास्थ्य निर्भर रहन्छ । यदि तपाईंको मेटाबोलिजम कमजोर छ भने तपाईंमा अनेक रोेगहरू, जस्तै, डायबिटिज, मोटोपन, कमजोरी आदिको खतरा बढ्छ । मेटाबोलिक सिन्ड्रोम लक्षणहरूको यस्तो समूह हुन्छ, जसका कारण डायबिटिज र हृदयाघातको खतरा बढ्न जान्छ । यी लक्षणहरू देखिनासाथ मेटाबोलिक सिन्ड्रोमको परीक्षण गराउनुपर्ने हुन्छ :
– कम्मरको आकार ४० वा त्यसभन्दा बढी भएमा ।
– गुड कोलेस्टेरोलको मात्रा ४० मि.ग्रा./डे.लि.भन्दा कम भएमा ।
– ट्रिग्लाइकेरिडसको स्तर १५० मि.ग्रा./डे.लि.भन्दा अधिक भएमा ।
– रक्तचाप १३०/८५ भन्दा अधिक भएमा ।
– फस्टिङ ग्लुकोजको स्तर १०० भन्दा अधिक भएमा ।

यदि तपाईंमा उल्लेखितमध्ये कुनै पनि ३ लक्षण देखापरेमा चिकित्सकले सि–रियाक्टिभ प्रोटिन (सिआरपी)को परीक्षणसमेत गराउन सक्छन् । यसलाई मुटुको स्वस्थतामा निगरानी राख्ने सबैभन्दा राम्रो तरिका मानिन्छ ।

by healthpostnepal


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda