हुवावेले ओएस परिवर्तन गरे गुगलले एक अर्ब युजर्स गुमाउने
हुवावेले ओएस परिवर्तन गरे गुगलले एक अर्ब युजर्स गुमाउने
स्मार्ट फोन तथा सञ्चार उपकरण निर्माता हुवावेमाथि अमेरिकी सरकारका तर्फबाट व्यापारिक प्रतिबन्धपछि गुगलले पनि कम्पनीको एन्ड्रोइड लाइसेन्स आगामी केही महिनाबाट रद्द गरिसकेको छ ।
यस निर्णयपछि हुवावे आफ्ना स्मार्ट फोनमा एन्ड्रोइड अपरेटिङ सिस्टम उपलब्ध गराउन नपाउने भएको छ । अमेरिकाको अर्थ मन्त्रालयले हुवावेलाई राष्ट्रिय सुरक्षाका लागि खतरा रहेका कम्पनीहरुको सूचीमा सूचीकृत गरेपछि यो समस्या आएको हो ।
प्रतिबन्धबाट कम्पनीलाई नोक्सान हुने स्वीकार गर्दै ३० देखि ४० अर्ब डलर घाटा हुन सक्ने स्वीकारेको छ । यदि हुवावेले ‘गुगल सिस्टम’ लोड नगर्ने हो भने गुगललाई भविष्यमा ७० देखि ८० करोड युजर्स नोक्सान हुनेछ ।
by ratopati