ड्रोनबाट योजनाको सर्भे, नक्साकंन तथा अनुगमन

ड्रोनबाट योजनाको सर्भे, नक्साकंन तथा अनुगमन


बुधबार, असार १८, २०७६


ड्रोनबाट योजनाको सर्भे, नक्साकंन तथा अनुगमन

गोरखा ः गोरखा नगरपालिका क्षेत्रमा हुने बिभिन्न योजनाको     सर्भे तथा नक्साकंन ड्रोन बाट हुने भएको छ ।
आगामी आर्थिक बर्षबाट काम शुरु गर्ने गरी नगरपालिका कार्यालयले ड्रोन खरिद गरेको हो । ‘१५ लाखमा डूोन खरिद ग¥यौ, सूचना मन्त्रालयबाट स्वीकृत लिइसकेका छौ,’ नगर प्रमुख        राजनराज पन्तले भने, ‘गृह मन्त्रालय र प्रशासनसँग समन्वय गरेर आगामी आर्थिक बर्षबाट प्रयोग           गर्छाै ।’ नगरपालिकाको आन्तरिक कार्यक्रम अन्तरगत खरिद गरिएको ड्रोनको मंगलवार उडान परिक्षण गरिएको छ । ‘यो ड्रोन करिव ६ किलोमिटर माथि र ८ किलोमिटर सिधा (बाई एअर) जान सक्छ,’ कार्यालयका सूचना प्रविधि अधिकृत सुयोग खनालले भने, ‘ड्रोनको क्यामेरामा रोलिङ सटर छ, अन्यको भन्दा यसको फोटो र भिडियो हाइ क्वालिटिको हुन्छ ।’ नगर क्षेत्रमा भएका कुनै पनि योजनाको डिपिआर तयार गर्नका साथै कामको अनुगमनमा समेत सघाउ पुग्ने उनले बताए । प्राविधिकले पाँच दिन लगाएर गर्ने सर्भेको काम ड्रोनबाट दुइ घण्टामा हुने खनालको दावी छ । ‘कुनै पनि योजना वा काम भइरहेको ठाउँमा ड्रोन पठाउछौ । यसले फोटो र भिडियो सहितको डाटा लिएर आउछ । त्यसलाइ हामीले कम्प्युटरमा हालेर प्रोसेस गर्छाै, अनि सबैकुरा यहीबाट थाहा हुन्छ हामी फिल्डमा जानुपर्दैन,’ खनालले भने । साना भन्दा ठुला योजनामा ड्रोनको प्रयोग गर्ने नगरपालिकाको तयारी छ । ‘अव प्राविधिकहरु फिल्डमा जानुपर्दैन, यही बसेर सबै डाटा लिएर कामको अनुमगन समेत गर्न सक्छन्,’ नगर प्रमुख पन्तले भने, ‘ठुला योजनाका लागी कन्सल्ट्यान्ट हायर गर्नुपनि नपर्ने भयो ।’ जनशक्ति अभाव भएका बेला काममा सहज हुने पन्तको भनाइ छ ।
ड्रोन उडान र निरिक्षणका लागी एउटा छुट्टै कक्ष बनाउने तयारी नगरपालिकाले गरिरहेको           छ । उक्त कक्षमा दुइ जना प्राविधिक रहने नगर प्रमुख पन्त बताउछन् । ‘अघिल्लो बर्ष नै डूोन प्रयोग गर्ने योजना बनाएका थियौ, ०७५÷७६ को बार्षिक योजनामा  राख्यौ अनि अहिले खरिद गरेका हौ । आगामी बर्षको सुरुवात देखि नै प्रयोग गर्छाै,’ उनले भने । कामलाइ चुस्त दुरुस्त र प्रभावकारी बनाउनका साथै नियमित अनुगमन गर्न समेत सहयोग पुग्ने उनको बिश्वास छ । उक्त ड्रोनबाट नगरपालिकाको सबै क्षेत्र समेटन सकिने उनले बताए । पर्यटन प्रवद्र्धनका लागी पनि उक्त ड्रोनको प्रयोग गर्ने तयारी           नगरपालिकाको छ । ‘जिल्लामा            रहेका पर्यटकिय एवं धार्मिक र ऐतिहासिक स्थलको फोटो          तथा भिडियो खिचेर वृत्तचित्र जस्तो बनाउने र पर्यटकलाइ देखाएर जिल्लामा आकर्षण गर्ने योजना पनि छ, त्यो काम पनि बिस्तारै शुरु गर्छाै,’ उनले भने ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda