बिद्यालय भवन बनाउने क्रममा एक मजदुरको ज्यान गयो
बिद्यालय भवन बनाउने क्रममा एक मजदुरको ज्यान गयो
पालुङटार नगरपालिका–४ लुइटेल स्थित अमरज्योती माध्यामिक बिद्यालयको नयाँ भवन निर्माणको क्रममा एक मजदुरको ज्यान गएको छ । निर्माणाधिन भवनको दोस्रो तलाको छत भत्किएर च्यापिदा सोही बिद्यालय निर्माणमा मजदुरी काम गर्ने कास्की जिल्लाका अन्दाजी ३५ बर्षिय मनोज कौराल घाइते भएका थिए । घाइते कौरालको डुम्रे स्थित लक्ष्मी अस्पतालमा उपचारको क्रममा वुधवार निधन भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।