घर माग्दै लाप्राकका भूकम्पपीडित सदरमुकाममा

घर माग्दै लाप्राकका भूकम्पपीडित सदरमुकाममा


शुक्रबार, असार २०, २०७६


घर माग्दै लाप्राकका भूकम्पपीडित सदरमुकाममा

केशव गुरुङ

गोरखा ः धार्चे गाउपालिका–४ लाप्राकका ४९ घरधुरी भूकम्प पीडितले गुप्सीपाखामा घर निर्माण गरिदिन माग राखेका छन् ।
५७३ घर धुरीलाई गैरआवासिय नेपाली संघ(एनआरएनए) ले गुप्सीपाखामा घर निर्माण गरिदिएको छ । तर सोहि लाप्राकका ४९ घर धुरी छुटेका छन् । ‘शुरुमा लाभग्राही सुचिमा नाम परेन,’ स्थानीय सुन वहादुर गुरुङले भने, ‘गुनासो सम्वोधनमा २९ जना लाभाग्राही पहिचान भएका छौू, २० जनाको भने गुनासो भरेपनि सम्वोधन भइसकेको छैन ।’
छिमेकिको घर गुप्सीपाखामा निर्माण भइरहँदा आफुहरु भने टहरोमा वस्नुपरेको उनिहरुको गुनासो छ । पुननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइ अनुदान ब्यवस्थापन तथा स्थानीय पुर्वाधारको कार्यालय, जिल्ला प्रशासन लगायतका सरोकार राख्ने कार्यलयमा उनीहरुले गुब्सीपाखामै आफुहरुलाई पनि घर वनाइदिनुपर्ने माग राख्दै बिहीवार निवेदन दिएका छन् ।
‘छिमेकीको घर निर्माण अन्तिम चरणमा छ, हाम्रो घर वन्ने नवन्ने अन्योलमा प¥यौ,’ स्थानीय सुक वहादुर गुरुङले भने, ‘पुरानै घरको काठपात प्रयोग गरेर बनाएको अस्थायी टहरोमा वसेका छौ, हामीलाई पनि एनआरएनएले बनाएको ठाउूमा घर वनाइदिनुप¥यो भन्ने हाम्रो माग हो ।’ चार वर्ष सम्म हिउँद र वर्खा टहरोमा बस्दा कष्टकर भएको उनको गुनासो           छ । भूकम्पले भत्काएको घर वस्न नहुने हुदा पनि अहिले सम्म लाभाग्राही पहिचानमा नपरेको अर्का स्थानीय कमान सिं गुरुङले  बताए ।
‘निवेदन दिएको छु, नाम पर्दैन,’ उनले भने, ‘छिमेकीको घर वनिसक्यो आफ्नो कहिले वन्ने हो केहि पत्तो भएन ।’ एनआरएनएले ६ सय घर वनाइदिने भनेर आश्वासन दिएपनि पछिल्लो समय पाच सय ७३ भन्दा वढी वनाउन नसक्ने बताएपछि सरोकार राख्ने कार्यालयमा समस्या सुनाएको वडा अध्यक्ष राज गुरुङले बताए । लाप्राकका पुरानो वस्ती जोखिम भए नभएको वुझ्न राष्ट्रिय पुननिर्माण प्राधिकरण कार्याकारी समिति सदस्य ध्रुव शर्मा नेतृत्वको टोलि असार १९ गते लाप्राक गएको पुननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइ अनुदान ब्यवस्थापन तथा स्थानीय पुर्वाधार कार्यालयका प्रमुख रामशरण आचार्यले बताए । ‘विज्ञले पुरानो वस्ती जोखिममा रहे नरहेको रिपोर्ट दिएपछि वाकी घर वनाउन एनआरएनलाई भन्ने कि घडेरी खरिदका रकम दिने टुङ्गो लाग्छ,’ उनले भने ।




प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda