बामपन्थी नेता अधिकारीको निधन
बामपन्थी नेता अधिकारीको निधन
गोरखा ः जिल्लाका पुराना वामपन्थी नेता श्रीनाथ अधिकारीको निधन भएको छ ।
फोक्सोको क्यान्सरबाट पीडित अधिकारीको आइतवार राती आठ बजे उपचारको क्रममा निधन भएको हो । उनी नेपाल क्यान्सर हस्पिटल हरिसिद्धि ललितपुरमा उपचाररत थिए । शनिवाबाट स्वास्थ्य अवस्था गम्भिर भएपछि उनलाइ आइसियूमा राखिएको परिवार स्रोतले जनाएको छ । उनको ६५ बर्षको उमेरमा निधन भएको हो । २०४८ सालको निर्वाचनमा गोरखा क्षेत्र नं. १ बाट जनमोर्चाको तर्फबाट टिकट लिएर चुनाव लडेका अधिकारी १ हजार ५ सय मतअन्तरले कांग्रेसका चिरञ्जीवी वाग्लेसँग पराजित भएका थिए । उनी हाल नेकपा (क्रान्तिकारी माओवादी) वैद्य समूहको पोलिटब्युरो सदस्य थिए । ८ महिना अघि चितवनको भरतपुर क्यान्सर अस्पतालबाट उपचार शुरु गरेका अधिकारीलाई २०७६ वैशाख २७ मा काठमाडौं ल्याइएको थियो ।