रिचार्जकार्ड चोर्ने दुई पक्राउ
रिचार्जकार्ड चोर्ने दुई पक्राउ
गोरखा ः रिचार्जकार्ड चोरी गरेको आरोपमा दुइ जना पक्राउ परेका छन् ।
गोरखाको गण्डकीगाउँपालिका –५ दर्वुङका १६ बर्षिय सागर गुरुङ र धादिङ ज्वालामुखी गाउँपालिका–१ रातामाटेका २१ बर्षिय कमल कुमाललाइ आइतवार पक्राउ गरिएको प्रहरीले जनाएको छ । धादिङको रोराङ गाउँपालिका वडा नम्वर ५ बाँदरे स्थित राजेन्द्र कुमार सिलवालको किराना पसलबाट रिचार्ज काड लगायतका सामानहरु चोरी भएको थियो । गण्डकी गाउँपालिका–५ दर्वुङमा लुकिछिपी बसेको अवस्थामा रिचार्जकार्ड सहित उनीहरुलाइ पक्राउ गरिएको डिएसपी महेन्द्र नेपालले बताए । उनीहरुको साथबाट नमस्तेको रु एक सयको रिचार्ज कार्ड ४० थान, ५० को ५० थान, एनसेलको रु एक सयको रिचार्ज कार्ड ४३ थान र ५० को २० थान कार्ड बरामद गरिएको उनले जानकारी दिए । पक्राउ परेका उनीहरुलाइ रिचार्ज कार्ड सहित आइतवार नै जिल्ला प्रहरी कार्यालय धादिङ पठाइएको डिएसपी नेपालले बताए ।