करेन्ट लगाई माछा मार्न खोज्ने ५ पक्राउ
करेन्ट लगाई माछा मार्न खोज्ने ५ पक्राउ
गोरखा ः दरौदी नदीमा करेन्ट लगाई माछा मार्न खोज्ने पाँच जनालाइ प्रहरीले पक्राउ गरेको छ ।
सोमवार गोरखा नगरपालिका –१२ स्थित दरौदी नदीमा करेन्ट लगाई माछा मार्न खाज्दै गर्दा प्रहरीको गस्ती टोलिले फेला पारेको थियो । पक्राउ परेकाहरुको साथबाट माछा मार्न प्रयोग गरिएको व्याट्री र अन्य उपकरण नियन्त्रणमा लिइएको डिएसपी महेन्द्र नेपालले बताए । पक्राउ परेकाहरुलाइ मंगलवार मुद्धा दर्ता गरी थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।