बाढीबाट भाग्दै आएको बाघ जब एउटा घरको ओछ्यानमा आराम गर्न आइपुग्यो

बाढीबाट भाग्दै आएको बाघ जब एउटा घरको ओछ्यानमा आराम गर्न आइपुग्यो


शनिबार, साउन ४, २०७६


बाढीबाट भाग्दै आएको बाघ जब एउटा घरको ओछ्यानमा आराम गर्न आइपुग्यो

भारतको बाढीग्रस्त आसाम राज्यको एउटा राष्ट्रिय निकुञ्जबाट भागेको बाघ एउटा व्यापारीको पसल रहेको घरभित्र ओछ्यानमा आराम गरिरहेको अवस्थामा भेटिएको छ। उक्त घरका मालिक र उनको परिवारले बाघलाई घरभित्र आउँदै गरेको देखेपछि घर छाडेर भागेका थिए। वन्यजन्तु अधिकारीहरूले सार्वजनिक गरेको भिडिओमा टिनको छानोमा रहेको एउटा प्वालबाट बाघले बाहिर चियाइरहेको देखिन्छ। उक्त बाघ बाढीले प्रभावित काजिरङ्गा राष्ट्रिय निकुञ्जबाट भागेको थियो र सुख्खा क्षेत्र खोज्दै उक्त घरमा पुगेको थियो। काजीरङ्गा राष्ट्रिय निकुञ्जमा हालैको बाढीमा परि ९२ वन्यजन्तुको ज्यान गएको छ।

बाघलाई दिनभरि आराम गर्न दिइयो

थकित बाघलाई दिनभरि घरमा सुत्न दिइएको थियो र साँझ परेपछि वन्यजन्तु संरक्षण अधिकारीहरूले उसलाई जङ्गलतर्फ धपाएका थिए। जङ्गलतर्फ जाने सुरक्षित मार्ग बनाएर बाघलाई त्यता धपाइएको थियो। कतिपय जनावर उक्त राष्ट्रिय निकुञ्जभित्र रहेको राष्ट्रिय राजमार्ग पार गरेर नजिकैको पहाडतर्फ जान खोज्दा सडक दुर्घटना परेर पनि मरेका छन्। भारत वन्यजन्तु कोषका अनुसार उक्त बाघलाई पनि सुरुमा बिहीवार बिहान सो राजमार्ग छेउमा देखिएको थियो। सायद व्यस्त सडकले गर्दा अत्तालिएको बाघले सडकनजिकैको घरमा शरण लिन पुग्यो।



के भन्छन् संरक्षण अधिकारी?

सो बाघलाई उद्धार गर्ने टोलीका अगुवा रथिन बर्मनका अनुसार स्थानीय समय बिहान साढे सात बजे बाघ घरभित्र पस्यो। “त्यो बघिनी निकै थकित रहिछे र दिनभरि आराम गरि,” उनले बीबीसीलाई बताए। बाघ आएको देख्नासाथ घर मालिक मोतीलाल आफ्ना परिवार लिएर त्यहाँबाट भागेका थिए। “सबभन्दा ठूलो कुरो के भने कसैले पनि बाघको निद्रालाई खल्बल्याएनन्। यस क्षेत्रमा वन्यजन्तुप्रति निकै सम्मान छ,” बर्मनले भने।

कसरी धपाइयो बाघ?

पछि संरक्षण अधिकारीहरूलाई डाकेर बाघलाई सुरक्षित रूपमा धपाइएको थियो। त्यसक्रममा बाघलाई जगाउन पटाका पड्काएको थियो।

अनि राजमार्गमा एक घण्टा सवारी आवागमन रोकाइएको थियो। साँझ साढे ५ बजेतिर बाघ अन्तत: त्यहाँबाट उठेर जङ्गलतर्फ लाग्यो। काजीरङ्गा निकुञ्जमा ११० बाघ रहेको ठानिन्छ। बाढीमा कुनै पनि बाघ मरेका छैनन्। तर सातवटा गैँडा तथा एक हात्ती मरेका विवरण आएका छन्। यसपालिको बाढीले भारतको बिहार र आसाम राज्यमा एक सयभन्दा धेरै मानिसको ज्यान गएको छ भने लाखौँ विस्थापित भएका छन्। बाढीले नेपाल र बाङ्ग्लादेशमा पनि विपद् निम्त्याएको छ।

by bbcnepalinews


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda