गुठी बनाएर पाल्पाको रानीमहलको जग्गा व्यक्तिका नाममा

गुठी बनाएर पाल्पाको रानीमहलको जग्गा व्यक्तिका नाममा


आइतवार, साउन ५, २०७६


गुठी बनाएर पाल्पाको रानीमहलको जग्गा व्यक्तिका नाममा

पाल्पास्थित ऐतिहासिक तथा पुरातात्विक रानीमहलको सरकारी जग्गा मोहीका नाममा दर्ता गराएको पाइएको छ । रानीमहलको नाममा पाल्पा खानीगाउँ गाविस–२ रहेको कित्ता नं १६६ लाई कित्ता नं ६६० र ६६१ बनाई जग्गा गुठीलाई दिएको भन्दै नक्कली मोही खडा गरी व्यक्तिका नाममा दर्ता गराएको पाइएको राष्ट्रिय सतर्कता केन्द्रले गरेको अध्ययनबाट खुल्न आएको छ ।

कित्ता नं १६६ को १३ रोपनी नौ आना दुई पैसा क्षेत्रफलमध्ये कित्ता नं ६६० बनाई पाँच रोपनी तीन पैसा जग्गा व्यक्तिका नाममा दर्ता गरेको पाइएको केन्द्रका सूचना अधिकारी डालनाथ अर्यालले प्रतिवेदनमा उल्लेख गरेको जानकारी गराए । मालपोत कार्यालयमा २०६० मङ्सिर १६ गते कित्ता नं १६६ बाट कित्ता नं ६६० र ६६१ काटिएको छ तर १६६ नम्बरको उक्त कित्ता जग्गा नापी विभाग, कित्ता नापी महाशाखाको अभिलेखमा भने कित्ताकाट नगरिएको पाइएको प्रतिवेदनमा भनिएको छ ।



प्रतिवेदनमा ती दुई कित्तामध्ये ६६० नम्बरको कित्ता खङ्गेश्वर गुठीका मोही महालक्ष्मी श्रेष्ठका नाममा मालपोत कार्यालयमा श्रेस्ता कायम गरिएको छ भने कित्ता नं ६६१ नापी कार्यालयमा नक्साङ्कन गरिए पनि श्रेस्ता भने कायम गरिएको पाइएको छ । ६६० नम्बरको कित्ताका मोही श्रेष्ठबाट पनि २०७२ साल असोज ५ गते मोही सारी अर्कैको नाममा बनाइएको छ ।

उनको नामबाट उक्त कित्ता नजरमान श्रेष्ठ, तारामान श्रेष्ठ, नीलम श्रेष्ठको नाममा नामसारी भएको मालपोत कार्यालयमा देखिन आएको बताइएको छ । आठ रोपनी नौ आना एक दाम एक पैसा क्षेत्रफल रहेको कित्ता नं ६६१ जग्गामा मोही महलमा चक्रपाणि पाण्डे, थपबहादुर थापा, दुर्गाबहादुर थापा रहेको मालपोत कार्यालयमा रहेको दर्ता कित्ताबाट देखिन आएको प्रतिवेदनमा उल्लेख गरिएको छ तर ती मोहीले भने जग्गा श्रेस्ता कायम गर्न सकेका छैनन् ।

“कित्ता नं १६६ नापी विभागबाट प्राप्त नक्सा कित्ताकाट नभएको तर नापी कार्यालय पाल्पाबाट प्राप्त नक्सामा कित्ताकाट भएको देखिएकाले कहिले कसरी कुन प्रमाणको आधारमा कित्ताकाट भएको हो”, प्रतिवेदनमा भनिएको छ, “सो नामसारी गर्दा के कुन प्रमाणका आधारमा नामसारी भएको हो प्रमाण खुल्ने कागजात नदेखिएकालेसो कार्य कानूनसम्मत देखिएन ।”

यसैगरी साविक बौद्धगुम्बा गाविस–२ मा रहेको सरकारी जग्गा कित्ता नं ४६७ पनि रानीघाट गुठी बनाई मोही थानबहादुर श्रेष्ठको नाम दर्ता गरिएको प्रतिवेदनमा उल्लेख गरिएको छ । उक्त १२ रोपनी नौ आना दुई पैसा क्षेत्रफल रहेको जग्गा मोहीका नाममा दर्ता गरिएको हो ।

यसैगरी रानीमहलकै फूलबारी भनी छुट्टाइएको कित्ता नं ४६६ पनि कित्ताकाँट गरिएको पाइएको छ । १७ रोपनी १३ आना एक पैसा क्षेत्रफल रहेको उक्त जग्गा २०६२ माघ १८ गते नापी विभागमा शङ्कास्पद रुपमा पेन्सिललाइन कित्ताकाँट भएको देखिन आएको प्रतिवेदनमा उल्लेख गरिएको छ । केन्द्रले रानीमहलको सरकारी जग्गा व्यक्तिका नाममा बनाएकामा थप अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पठाएको केन्द्रका सूचना अधिकारी अर्यालले जानकारी दिए ।

by ratopati


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda