अधिकारीको श्रद्धाञ्जली सभा
अधिकारीको श्रद्धाञ्जली सभा
गोरखा ः जिल्लाका पुराना वामपन्थी नेता स्व. श्रीनाथ अधिकारीको श्रद्धाञ्जली सभा भएको छ ।
सुरेश वाग्ले स्मृति प्रतिष्ठान को आयोजनामा शनिवार जिल्ला सदरमुकाममा भएको कार्यक्रममा नेकपाका प्रवत्ता नारायणकाजी श्रेष्ठ, नेता हितराज पाण्डे, हरिराज अधिकारी लगायतले स्वर्गिय अधिकारीले नेपाल कम्युनिष्ट आन्दोलनमा पु¥याएको योगदानको चर्चा गरेका थिए । निष्ठावान नेताका रुपमा परिचित अधिकारीको श्रद्धाञ्जली सभामा वोल्ने वक्ताहरुले अधिकांश समय उनको व्यक्तित्व राजनितिक जिवन र आर्दशको बारेमा चर्चा गरेका छन् । फोक्सोको क्यान्सरबाट पीडित अधिकारीको असार २२ गते राती आठ बजे उपचारको क्रममा निधन भएको थियो । उनी नेपाल क्यान्सर हस्पिटल हरिसिद्धि ललितपुरमा उपचाररत थिए । उनी हाल नेकपा (क्रान्तिकारी माओवादी) वैद्य समूहको पोलिटब्युरो सदस्य थिए । उनको ६५ बर्षको उमेरमा निधन भएको हो । २०४८ सालको निर्वाचनमा गोरखा क्षेत्र नं. १ बाट जनमोर्चाको तर्फबाट टिकट लिएर चुनाव लडेका अधिकारी १ हजार ५ सय मतअन्तरले कांग्रेसका चिरञ्जीवी वाग्लेसँग पराजित भएका थिए । अधिकारी १२ साउन २०१२ मा गोरखा ‘लप्सीबोट’ गाउँमा जन्मिएका थिए ।