तीन दिनसम्म देशभर पानी पर्ने, सतर्क रहन आग्रह

तीन दिनसम्म देशभर पानी पर्ने, सतर्क रहन आग्रह


सोमवार, साउन ६, २०७६


तीन दिनसम्म देशभर पानी पर्ने, सतर्क रहन आग्रह

काठमाण्डौ – अबको तीन दिनसम्म देशका विभिन्न ठाउँमा पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले पनि पूर्वी तथा मध्य क्षेत्रमा मेघ गर्जनसहित वर्षा भइरहेको र अधिकांश भू–भागमा पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । त्यस्तै पश्चिमी भू–भागमा पनि आंशिकदेखि सामान्य बदली भई १/२ स्थानमा अहिले पानी परिरहेकाे छ ।



मनसुन न्यून चापीय रेखा दक्षिणतर्फ रहेको र बंगालको खाडीबाट प्रवेश गरेको जलवाष्पयुक्त हावा र स्थानीय वायुको प्रभावका कारण वर्षा भएको महाशाखाले जनाएको छ ।

देशका पूर्वी तथा मध्य क्षेत्र एवं पश्चिम क्षेत्रका केही स्थानहरुमा भारी वर्षा हुने सम्भावना रहेकाले बाढी र पहिरो जान सक्ने भन्दै सतर्कता अपनाउन पनि महाशाखाले आग्रह गरेको छ ।

सोमबार दिउँसो देशको पूर्वी र मध्य भू–भागमा अधिकांस क्षेत्रमा वर्षा हुने छ । यस्तै पश्चिमी क्षेत्रमा भने केही स्थानमा वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

दिउँसोदेखि रातीसम्म नै वर्षा हुने र केही स्थानमा भारी वर्षाको समेत सम्भावना रहेकाले तटीय क्षेत्र तथा पहिरोको जोखिम भएका ठाउँमा रहेकाहरु सतर्क भएर बस्न पनि महाशाखाले अनुरोध गरेको छ ।

यस्तै मंगलबार पनि देशका पूर्व र मध्य क्षेत्रका अधिकांस स्थानमा नै पानी पर्ने सम्भावना रहेको छ । पश्चिमी क्षेत्रमा पनि केही स्थानमा वर्षा हुने सम्भावना रहेको छ । मंगलबार पूर्व र मध्यका एक दुई स्थानमा अति भारी वर्षा हुने सम्भावना देखिएकाले नदीको बहाब बढ्ने देखिएको छ ।

बुधबार भने देशैभर सामान्यदेखि पूर्ण बदलि भई अधिकांश स्थानमा पानी पर्ने महाशाखाले जनाएको छ । केही स्थानमा भने भारी वर्षा र अति भारी वर्षाको पनि सम्भावना रहेको छ ।

by ujyaaloonline


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda