माल्टा पठाइदिन्छु भनी लाखाैं ठगी गर्ने भारतीय पक्राउ
माल्टा पठाइदिन्छु भनी लाखाैं ठगी गर्ने भारतीय पक्राउ
काठमाडौं । नेपालीहरुलाई माल्टा पठाइदिने भन्दै लाखौं रकम ठग्ने एकजना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।
भारतको दिल्ली घर भइ हाल काठमाडौं महानगरपालिका-९ सिनामंगल बस्दै आएका २३ वर्षीय राहुल पाण्डेलाई टेकुबाट महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो ।
सोही उजुरीका आधारमा अपराध महाशाखाले पाण्डेलाई पक्राउ गरेको हो । उनलाई अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको छ ।
उक्त रकम भिसा प्रकृया र सेक्युरिटी डिपोजिटका लागि भन्दै पटक पटक असुलेको दावाको दावी छ ।
स्रोतःhttps://www.onlinekhabar.com/2019/07/782597