साउन ९ गते भिमसेन थापा गाउँपालिकामा सार्वजनिक बिदा
साउन ९ गते भिमसेन थापा गाउँपालिकामा सार्वजनिक बिदा
गोरखा ः यही साउन ९ गते परेको भिमसेन थापाको २४४ औ जन्मजयन्तीको अवसरमा भिमसेन थापा गाउँपालिकाले सार्वजनिक बिदा दिने भएको छ ।
शुक्रवार बसेको गाउँकार्यपालिकाको बैठकले पालिका क्षेत्रभित्र बिदा दिने निर्णय गरेको हो । सोही दिन बोर्लाङ चण्डीथोक स्थित भिमसेन थापा स्मारक एवं पार्क निर्माण स्थल तथा पुरानो दरवार क्षेत्रमा गाउँपालिकाले बिशेष कार्यक्रम राखेको छ । कार्यक्रममा सहभागी हुन आग्रह गर्दै गाउँपालिकाले पालिका भित्रका सबै बिद्यालयले जन्मजयन्ती कार्यक्रम मनाउन पनि सार्वजनिक सूचना जारी गर्दै आग्रह गरेको छ । राष्ट्रिय बिभूती थापाको सम्मान स्वरुप विदा दिइएको गाउँपालिकाले जनाएको छ ।