सरकारी गाडी चल्न नदिने बिप्लवको चेतावनी
सरकारी गाडी चल्न नदिने बिप्लवको चेतावनी
गोरखा ः प्रतिवन्धित नेत्र बिक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आज देखि गोरखामा सरकारी नम्वर प्लेटका सवारी साधन चल्न नदिने भएको छ । सवारी साधन नचलाउन भन्दै जिल्लाका स्थानीय तहका प्रमुखलाइ फोन मार्फत जानकारी गराइएको पार्टीका रमेश तुफानले बताए । ‘हाम्रो कार्यकर्ता गिरफ्तार गरेको र पार्टीलाइ प्रतिवन्ध लगाएको बिरोधमा हामीले पनि सरकारी गाडीलाइ प्रतिवन्ध लगाउन खोजेका हौ,’ तुफानले भने । मंगलवारबाट देशभर सेतो नम्वर प्लेटका सवारी चल्न नदिने टोलिफोन मार्फत उनले सुरुवातलाइ जानकारी दिए । ‘धम्कीपूर्ण भाषा प्रयोग गर्दै सरकारी नम्वर प्लेटका वडाका बाइकहरु पनि नचलाउन भनेर फोन गरेका छन्,’ एक स्थानीय तहका प्रमुखले भने । जवरजस्ती सवारी चलाएमा कारवाही गर्ने पार्टीका तुफानले चेतावनी दिएका छन् ।