खसीबोका सङ्कलन केन्द्र निर्माण

खसीबोका सङ्कलन केन्द्र निर्माण


मङ्लबार, साउन ७, २०७६


खसीबोका सङ्कलन केन्द्र निर्माण

गोरखामा पहिलो पटक खसीबोका सङ्कलन केन्द्र निर्माण भएको छ ।

जिल्लाभरका किसानले पालेका खसीबोका बिक्रीका लागि सो केन्द्र निर्माण भएको हो । गोरखा नगरपालिका–११ स्थित बाह्रकिलो बजार नजीकै करीब ५०० वटा खसीबोका अट्ने गरी सङ्कलन केन्द्र निर्माण गरिएको पशु सेवा विज्ञ केन्द्र गोरखाका प्रमुख डा ब्रज किशोर ठाकुरले जानकारी दिनुभयो ।



गण्डकी प्रदेश भूमिव्यवस्था कृषि तथा सहकारी मन्त्रालयको सहयोगमा गोरखा जिल्लामा खसीबोका सङ्कलन केन्द्र निर्माण भएको उहाँले बताउनुभयोे । जिल्लाभरका किसानले उत्पादन गरेको खसीबोका बिक्रीका लागि सजिलो होस् भन्ने उद्देश्यले सबैलाई पायक पर्ने स्थानमा सङ्कलन केन्द्र निर्माण गरिएको डा ठाकुरको भनाइ छ । “यहाँका किसानलाई खसीबोका बिक्रीका लागि उपयुक्त बजार नहँुदा समस्या हँुदै आएको थियो”, उहाँले भन्नुभयो, “अब जिल्लाभरका सबै किसानले आ–आफ्नो घरमा पालेका खसीबोका यहाँ ल्याएर बिक्री गर्न सक्नुहुन्छ ।” सङ्कलन केन्द्रमा किसानले ल्याएर राख्दा पैसा नलाग्ने व्यवस्था गरिएको उहाँले बताउनुभयो ।

केन्द्रमा खसीबोका राख्नका लागि सुरक्षित खोरहरु निर्माण गरिएका छन् । “प्रत्येक खसीबोकालाई चिसोबाट जोगाउन सकिने गरी खोर निर्माण गरिएको छ”, उहाँले भन्नुभयो, “किसानहरुले आफँैले पालेर बिक्रीका लागि ल्याउँदा सबै बिक्री भइहाल्छ भन्ने छैन, बिक्री नभएका जति यहाँ राखेर अर्को दिन बिक्री गर्न सक्छन् तर सङ्कलन केन्द्रमा राखिएको खसीबोका रेखदेख र हेरविचार भने किसान आफैँले गर्नुपर्ने हुन्छ ।”

“गाउँमा किसानले उत्पादन गर्दै आएको खसीबोकाले बजार नपाउने र बिक्री गर्ने ठाउँको समेत अभाव हँुदा समस्या हँुदै आएको थियो, अब यहाँ सङ्कलन केन्द्र निर्माण भएसँगै यो समस्याबाट किसान मुक्त भएका छन्”, डा ठाकुरले भन्नुभयो ।

जिल्लाबाहिरका व्यापारीहरुलाई सङ्कलन केन्द्रमा केन्द्रित गर्ने र जिल्लाभित्रका खसीबोका पाल्दै आएका किसानलाई पनि सङ्कलन केन्द्रमा केन्द्रित गरी व्यवसायको प्रवद्र्धन गर्न जोड दिइने उहाँले बताउनुभयो । यसले जिल्लाभरको उत्पादन गरिने खसीबोकाको बिक्रीका लागि अब बजारको समस्या नहुने उहाँको भनाइ छ ।

बाह्रकिलो बजारबाट राजधानी काठमाडाँै, पोखरा, चितवन, वीरगञ्ज लगायतका मुख्य–मुख्य शहरसम्म खसीबोका पु¥याउन सजिलो हुने भएकाले उक्त स्थानमा सङ्कलन केन्द्र निर्माण गरिएको प्रमुख डा ठाकुरले जानकारी दिनुभयो । “सडकदेखि नजिक सबै ठाउँमा आउजाउ गर्न यातायातको सुविधा तथा खसीबोका कुनै समस्या आइहालेमा उपचारका लागिसमेत नजिकै पशु अस्पताल रहेका यही ठाउँ उपयुक्त भएकाले छनौट गरी सङ्कलन केन्द्र निर्माण गरिएको हो”, उहाँले भन्नुभयो ।

सङ्कलन केन्द्र निर्माणका लागि कूल रु चार लाख ३० हजार खर्च भएको कार्यालयले जनाएको छ । डिभिजन वन कार्यालय गोरखाको समन्वयमा सामुदायिक वनको स्वामित्वमा रहेको वनको जग्गामा सङ्कलन केन्द्र निर्माण गरिएको वडाध्यक्ष रामबहादुर खड्काले जानकारी दिनुभयो । सङ्कलन केन्द्र निर्माण गरिएसँगै दशँै लगायतका अन्य ठूला चाडपर्वका बेला जिल्लामा उत्पादित खसीबोका अन्य जिल्लामा निर्यात गर्न सजिलो हुने उहाँले बताउनुभयो ।

रासस

 


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda