पालुङटारका तीन कर्मचारी सम्मानित
पालुङटारका तीन कर्मचारी सम्मानित
गोरखा ः पालुङटार नगरपालिकाका तीन जना कर्मचारी सम्मानित भएका छन् । उत्कृष्ट काम गरेको भन्दै उनीहरुलाइ जनही २० हजार नगद सहित कदरपत्रले सम्मान गरिएको नगरपालिकाले जनाएको छ । सम्मानित हुनेमा लेखा अधिकृत सुवास अधिकारी, कृष्णकला अधिकारी र कार्यालय सहयोगी सुमन अधिकारी रहेका छन् । पाँचौ नगर सम्मेलनको अवसरमा उनीहरुलाइ सम्मान गरिएको हो । त्यस्तै शैक्षिक सत्र २०७५ को एसइई परिक्षामा पालुङटार नगरपालिका भित्र बढि जिपिए ल्याउने छात्रा अञ्जली परियारलाइ पनि सम्मान गरिएको छ । नगद एक लाख रकम सहित उनलाइ प्रमाणपत्रले सम्मान गरिएको पालुङटार नगरपालिकाले जनाएको छ ।