वरामद भएको सुन राजस्व अनुसन्धान कार्यालयमा
वरामद भएको सुन राजस्व अनुसन्धान कार्यालयमा
गोरखा ः विहिबार वरामद भएको १६ किलो अवैध सुन प्रहरीले राजस्व अनुसन्धान विभाग काठमाडौँमा वुझाएको छ ।
शुक्रबार सुनसहित धनकमल गुरुङलाई राजस्व अनुसन्धान विभाग वुझाएको एसपी महेन्द्र अधिकारीले बताए । उत्त सुनको वारेमा अनुसन्धान राजस्व कार्यालयले नै गर्ने उनको भनाइ छ । उत्त सुन ओसार पसारमा संलग्न धनकमलले छेकम्पारबाट ल्याएको खुल्न आएको छ । ‘कहाँ बाट सुन आयो,को–को संलग्न छन् भन्ने अनुसन्धान त हामी पनि गर्छौ,’ उनले भने ।
उत्त सुन लुटेराको एक समुहले लुट्ने योजना थाहा पाएका धनकमल सुन ओढारमा लुकाएर अपहरणमा परेको नाटक गर्दै फरार भएका थिए । २९ दिन पछि उनि पक्राउ परेसँगै उत्त सुन वरामद भएको हो । उत्त घटनाले तिब्बत बाट गोरखाको छेकम्पार नाका हुदै सुन तस्करी वढेको पनि पुष्टि भएको छ । सुन तस्करीका लागी उत्त नाका प्रयोग गर्ने गरेको खुलेसंगै सुरक्षा ब्यवस्थामा चुनौती थपिएको छ । सुन वरामद भएको यो पहिलो घटना भने होइन । २०७५ साउनमा सिर्दिवास प्रहरी चौकिबाट प्रहरीले १० किलो सुन वरामद गरेको थियो । जिल्ला प्रशासन कार्यालयले पटक पटक उत्तरी नाकामा सुरक्षा पोष्ट स्थापनाका लागी गृह मन्त्रालय सँग माग गरेको थियो । तर मन्त्रालयले शसस्त्र प्रही राख्ने अनुमति दिएको छैन । संवेदनशिल क्षेत्र भएको तथा भौगोलिक रुपमा दुर्गम रहेकोले सुरक्षा ब्यवस्थापमा समेत चुनौती देखिएको सुरक्षा प्रमुखकको विश्लेषण छ ।