दुई महिनामा दरौदी लिफ्टीङको पानी
दुई महिनामा दरौदी लिफ्टीङको पानी
गोरखा ः अवको दुइ महिनामा दरौदि लिफ्टिीङ खानेपानी आयोजनाको पानी गोरखा सदरमुकाम आउने भएको छ ।
२०७४ असारबाट निर्माण शुरु भएको खानेपानी आयोजनाको हाल सम्म ८५ प्रतिशत काम सम्पन्न भएको संघिय खानेपानी तथा ढल व्यवस्थापन आयोजना लमजुङका प्रमुख रामचन्द्र काफ्लेले बताए । संरचना निर्माण काम लगभग सकिएकाले अव विद्युतिकरणको काम सगै पानी परिक्षण गरेर पानी झार्ने उनले बताए । ‘पाइपलाइनको केही काम बाँकी छ, ट्याङकी निर्माण काम सकियो, दशै अगावै उपल्लोकोटको पानी ट्याङकीमा पानी पु¥याउने लक्ष्यका साथ काम भइरहेको छ,’ उनले भने । आयोजनाको काम अन्तिम चरणमा पुगेको उनले बताए । ‘विद्युत प्राधिकरणले साउन भित्र विद्युतीकरणको काम सक्ने आवश्वान आएको छ,विद्युतीकरण सकिने वितिकै पानी टेस्ट गछौँ,’ उनले भने । ट्रान्सफमर, पम्पहरु खरिद भइसकेको पनि उनले बताए । उत्त आयोजनाबाट गोरखा नगरपालिकाको वडा नम्बर–३ देखि ९ सम्मका ४८ सय घरधुरीका स्थानीयहरु लाभन्वित हुनेछन् । तर आयोजनाले सिधै उपभोत्तालाई पानी वितरण नगर्ने काफ्ले बताउछन् । जिल्ला सदरमुकाममा रहेको विभिन्न खानेपानी उपभोक्ता समिति मार्पmत पानी दिइने र उपभोक्ता समितिले खपत गरे अनुसार आयोजनालाई रकम बुझाउनुपर्ने उनले बताए । यस्तै आयोजनाको कुल लागतमा ९० प्रतिशत सरकारले र बाँकी १० प्रतिशत उपभोक्ताले व्यहोनुपर्ने छ । आयोजना अन्तरगत हाल सम्म २३ वटा ट्याङ्की निर्माण सम्पन्न भएको र ५ वटा निर्माण गर्न बाँकी रहेको उनले बताए । पानी शुद्धताका लागि ठाउँठाउँमा पानी प्रशोधन ट्याङकी निर्माण गरिएको उनले बताए । उत्त ट्याङकीबाट प्रतिसेकेण्ड ३१ लिटर पानी तान्न सकिने छ । सो आयोजनाको ठेक्का तुदी रमन जेभीले पाएको छ । २०७७ असार सम्ममा काम सक्नुपर्ने सम्झौता भएपनि सम्झौता अगावै काम सम्पन्न हुने आयोजना प्रमुख काफ्लेको दावी छ । उत्त आयोजनाबाट गोरखाको घलाङ, नारेश्वर फिनाम, सतिपिपल, आहोले लगायतका क्षेत्रका स्थानीय लाभाविन्त हुन्छन् ।