साउन २५ मा गाईजात्रा रमाइलो साँझ
साउन २५ मा गाईजात्रा रमाइलो साँझ
गोरखा ः लियो क्लव अफ गोरखाले यही साउन २५ गते गाईजात्रा रमाइलो साँझ २०७६ गर्ने भएको छ ।
जिल्लाका अनाथ, असाहाय विद्यार्थी तथा बालबालिकाहरुलाई शैक्षिक सामाग्री सहयोग गर्ने उदेश्यका साथ कार्यक्रम गर्न लागिएको आइतवार सदरमुकाममा पत्रकार सम्मेलन गरी क्लबले जनाएको छ । गोरखा नगरपालिका–६ रानीपोखरी परिसरमा हुने कार्यक्रममा राष्ट्रिय स्तरका लोकदोहोरी गायिका शान्ति श्री परियार, दिपसागर थापा, हरिराम परियारको सांगितिक प्रस्तुती रहने क्लबका सचिव बालकृष्ण परियारले बताए । हास्यकलाकार दिपक थापाको हास्य व्यंग्य प्रस्तुती सँगै स्थानीय कलाकारको समेत प्रस्तुती रहेको उनले जानकारी दिए । कार्यक्रम संचालनका लागि ५ लाख ८० हजार खर्च लाग्ने अनुमान क्लबले गरेको छ ।
बिभिन्न जातजातीको भेषभुषा सँगै लाखे नाँचको प्रद्र्धशनी समेत गरिने कार्यक्रममा कालिका सांस्कृतिक कला केन्द्रको सांस्कृतिक प्रस्तुती पनि दर्शकले हेर्न पाउने क्लबका द्धितिय उपाध्यक्ष समुन श्रेष्ठले बताए । यस अघि पनि जिल्लामा बिभिन्न कार्यक्रम गरेको क्लबले अनाथ तथा असाहाय बालबालिकालाइ सहयोग गर्दै आएको छ । संस्कृति जर्गेना सँगै जिल्लामा रहेका ऐतिहासिक धरोहरको प्रचार प्रसार गरी पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने लक्ष्य क्लबको रहेको श्रेष्ठले पत्रकार सम्मेलनमा जानकारी गराए ।