राष्ट्रिय विभूति भीमसेन थापा
राष्ट्रिय विभूति भीमसेन थापा
यदु प्रसाद अधिकारी
नेपाल र नेपालीको हितको लागि काम गर्ने सपुतहरु नै राष्ट्रिय विभूति हुन् । नेपालको राष्ट्रियता र राष्ट्रको समृद्धिको लागि काम गर्ने सोह्र जना राष्ट्रिय विभूति छन् । ति मध्ये गोरखाका पाँच जना राम शाह, पृथ्वीनारायण शाह, वीर बलभद्र कुवर र भीमसेन थापा पनि एक हुन् । नेपालका प्रथम मुख्तियार एवंम प्रथम प्रधानमन्त्री भीमसेन थापा नेपाली जनह्रदयमा सदैब स्मरणीय व्यक्ति हुन् ।
भीमसेन थापाको जन्म १८३२ श्रावण ९ गते गोरखाको वोर्लाङ्गमा (कसैकसैले फिनामको पीपलथोकमा) भएको थियो । दश वर्षको उमेरमा रणवहादुर शाहसँग यिनको भेट भयो । यिनका पिता काजी अमरसिंह (थापा साना काजी) र माता सत्यरूपा माया हुन । रणवहादुर शाह वनारस जाँदा यिनी पनि साथमा गएका थिए, यिनले नै रणवहादुर शाहलाई नेपालमा ल्याउने काम गरेका थिए । नेपालको पहिलो प्रधानमन्त्री भीमसेन थापा वि.स. १८६१ मा काजी र १८६८ मा जनरल भएका थिए ।
जव जंगवहादुर शक्तिमा आए उनले पाँडेहरूको दमन गरे । नेपाल एकीकरणको अभियान अन्तर्र्गत गढवाल कव्जा गर्ने काम यिनले गरेका थिए । सैन्य क्षेत्रमा व्यापक सुधार गर्नुका साथै धरहराको निर्माण, सुन्धारा आदिको निर्माण गरे । वि.स. १८८८ मा रानी ललित त्रिपुरासुन्दरीको निधन, राजा राजेन्द्रको उमेर पुग्नु, भीमसेन विरोधी अंग्रेज रेजिडेन्ट हड्सनको नियुक्ति हुनु, दरवारभित्र रानी तथा पाँडेहरूको गुट वन्नु जस्ता कारणले यिनीको शक्ति कमजोर वन्दै गयो र अन्त्यमा यस्तै कारणले यनको पतन भयो । थापालाई वि.स. १८९४ मा राजकुमार देवेन्द्रलाई विष खुवाइ मारेको आरोपमा कैद गरियो । रंगनाथको सहयोगमा यिनी कैदवाट मुक्त भए पनि वि.स. १८९६ मा मुद्दा उल्टाई पुन कैद गरियो । आफ्नी श्रीमतीलाई नांगै वनाएर शहर घुमाउने हल्ला जताततै सार्वजनिक गरिए पछि वि.स. १८९६ मा घांटी रेटेर जेल भित्र नै आत्महत्या गरे । राष्ट्रिय विभूति भीमसेन थापाको कदर गर्दै गोरखामा भीमसेन गाउँपालिका बनाइएको छ ।
गोरखा दरबार नजिकै भीमसेन पार्क निर्माण गरी पर्यटकीय महत्वलाइ जोड दिएको छ । राष्ट्रिय विभूति भीमसेन थापाको सम्मान गर्दै भीमसने गाउँपालिकाले श्रावन ९ गते सार्वजनिक विदा दिएको छ । उनी जस्ता राष्ट्रिय विभूतिको राष्ट्रभक्तिको भावनालाई सबै नेपालीहरुले सम्मान गर्नुपदर्छ ।