नख्खु कारागारमा कैदीबन्दीबीच कुटाकुट, एक गम्भीर
नख्खु कारागारमा कैदीबन्दीबीच कुटाकुट, एक गम्भीर
ललितपुरको नख्खु कारागारमा दुई जना कैदीबन्दीबीच कुटाकुट भएको छ । घटनामा पूर्णबहादुर राजी घाइते भएका छन् ।
कारागार प्रशासनका अनुसार राजीलाई केहीवेरअघि कर्तव्य ज्यान मुद्दाका पवनकुमार महतोले भुइँमा विच्छ्याइएको ब्लकले प्रहार गरेका थिए ।
घटनालगत्तै, राजीलाई वीर हस्पिटल भर्ना गरिएको छ भने महतोलाई ललितपुर प्रहरी परिसर, जावलाखेलले नियन्त्रणमा लिएको छ ।
विवादको कारणबारे अनुसन्धान भइरहेको ललितपुर प्रहरीका डीएसपी नारायण चिमरियाले अनलाइनखबरसँग बताए ।
दुवै जना कोठाबाहिर घाम तापेर बसेका थिए । झगडा हुनुअघि उनीहरू एकअर्काको जुम्रा हेरिरहेको अवस्थामा अन्य कैदीबन्दीले देखेका थिए ।
एक्कासी कुटाकुट भएपछि अन्य कैदीबन्दीले छुट्टाएका थिए । by onlinekhabar