‘संघर्ष इतिहास’ पुस्तकको परिचर्चा
‘संघर्ष इतिहास’ पुस्तकको परिचर्चा
गोरखा ः लेखनाथ न्यौपानेद्धारा लिखित ‘संघर्षको इतिहास’ नामक पुस्तकको जिल्लामा परिचर्चा गरिएको छ ।
प्रगतिशिल लेखक संघ जिल्ला समिति गोरखाको आयोजनामा शनिवार सदमुकाममा भएको कार्यक्रममा पुस्तकको परिचर्चा सँगै आलोचना गरिएको हो ।पुस्तकको परिचर्चा गर्दै संघका सल्लाहकार ऋषिराम खनालले नेपाल कम्युनिष्ट आन्दोलन र माक्र्सवादको बारेमा पुस्तकमा उल्लेख भएको बताए । ४ सय २ पृष्ठको उक्त पुस्तक समाजवाद, राजनितिक अर्थशास्त्र, दर्शनशास्त्र र नेपाल बिद्यार्थी आन्दोलन गरी चार खण्डमा बिभाजन भएको उनले जानकारी दिए । श्रृखंलावद्ध रुपमा बिषयवस्तु आउन नसकेको र सन्दर्भ वाहिरका कुराहरु बढी समावेश भएको भन्दै कार्यक्रमका सहभागीले पुस्तकको आलोचना समेत गरेका छन् ।
संघका जिल्ला अध्यक्ष विशेश्वर कट्टेलको अध्यक्षता तथा नेकपाका स्थायी कमिटि सदस्य घनश्याम भुषालको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा प्राध्यापक डा. हेमराज ढकाल, पुस्तकका लेखक न्यौपाने, संघका उपाध्यक्ष रुद्र पोखरेल लगायतले धारणा व्यक्त गरेका थिए ।