कार्यक्रम गर्न प्रशासनको अनुमति अनिवार्य
कार्यक्रम गर्न प्रशासनको अनुमति अनिवार्य
गोरखा ः जिल्लामा कुनै पनि कार्यक्रम संचालन गर्नुपुर्व जिल्ला प्रशासन कार्यालयको अनुमति अनिवार्य लिनुपर्ने भएको छ ।
जिल्ला प्रशासन कार्यालयले सार्वजनिक सूचना जारी गर्दै कुनै पनि कार्यालय वा संघसंस्थालाई कार्यक्रम गर्नु अघि अनुमति लिन निर्देश गरेको हो । ‘कार्यक्रम गर्नु अघि प्रशासनलाइ अनिवार्य जानकारी गराएर स्वीकृत लिनुपर्ने हो,’ प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेले भने, ‘तर पछिल्लो समय जानकारी नगराउने र स्वीकृती पनि नलिइ कोठा कोठामा कार्यक्रम भइरहेका छन्, सुरक्षाको दृष्टिकोणले समस्या हुन सक्छ ।’ सुरक्षा चुनौतीलाइ मध्यनजर गर्दै उक्त निर्णय गरिएको उनले बताए । पुर्व सहमति वा अनुमति वेगर कार्यक्रमका लागी स्थल वा सभाहल उपलब्ध नगराउन पनि कार्यालयले सचेत गराएको छ ।