साउनदेखि सरकारी कर्मचारीको तलब कति?
साउनदेखि सरकारी कर्मचारीको तलब कति?
काठमाडौँ – सरकारले आर्थिक वर्ष २०७६–७७ अर्थात साउनदेखि लागु हुने गरी सरकारी कर्मचारीको. तलब वृद्धि गरेको छ ।
अर्थमन्त्री युवराज खतिवडाले जेठ १५ गते बजेट भाषणमार्फत अधिकृतभन्दा माथिल्लो तहका कर्मचारीको १८ र तल्ला तहका कर्मचारीको २० प्रतिशत तलब वृद्धि भएको घोषणा गरेका थिए ।
घोषित नीतिअनुसार अर्थ मन्त्रालयले मुख्य सचिवदेखि पालिकामा काम गर्ने कर्मचारी तथा सबै तहका शिक्षकले पाउने नयाँ तलबमान सार्वजनिक गरेको हो ।
मन्त्रिपरिषदले गरेको निर्णय सार्वजनिक भएपछि अर्थ मन्त्रालयले आइतबार कर्मचारी र शिक्षकको नयाँ तलबमान सार्वजनिक गरेको हो ।वृद्धिपछि मुख्यसचिवको तलब ६९ हजार ४ सय २ र कार्यालय सहयोगी प्रथम स्तरको तलब २० हजार ७ स ७ रुपैयाँ पुगेको छ ।
कुन कर्मचारीको तलब कति पुग्यो ?
by deshsanchar