राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु संरक्षण बिभागको समिक्षा गोष्ठी शुरु
राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु संरक्षण बिभागको समिक्षा गोष्ठी शुरु
गोरखा ः राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु संरक्षण बिभागको बार्षिक समिक्षा गोष्ठी जिल्लामा सोमवारबाट शुरु भएको छ ।
तीन दिन सम्म चल्ने गोष्ठीमा बिभाग अन्तरगतका २२ वटा कार्यालयका प्रमुख र वन्यजन्तु संरक्षण क्षेत्रमा काम गर्ने संघसंस्थाका प्रतिनिधीहरुको सहभागीता रहेको छ । सबै कार्यालयले बर्षभरी गरेका प्रगतीका बारेमा प्रस्तुतीकरण गर्ने बिभागका उपसचिव एवं सूचना अधिकारी बिष्णु प्रसाद श्रेष्ठले बताए । ‘समिक्षा गोष्ठीले गत आर्थिक बर्ष संचालन गरिएका कार्यक्रममा भोग्नुपरेको चुनौतीहरुलाइ आगामी दिनमा न्यूनिकरण गर्न सहयोग पुग्ने बिश्वास लिएका छौ,’ उनले भने । कार्यक्रममा बिभागका महानिर्देशक मन बहादुर खड्का, उपमहानिर्देशक रामचन्द्र कडेल लगायतको सहभागीता रहेको छ ।