कालिकाले मनायो २५ औ स्थापना दिवस
कालिकाले मनायो २५ औ स्थापना दिवस
गोरखा नगरपालिका–७ नयाँबजारको कालिका महिला बचत तथा ऋण सहकारी संस्थाले २५ औ स्थापना दिवस मनाएको छ ।
आइतवार र सोमवार दुई दिन विविध कार्यक्रम गरी दिवस मनाइएको संस्थाकी सदस्य राममाया श्रेष्ठले बताइन् । आइतवार संस्थाले गोरक्षनाथ बैद्धिक गुरुकुल बिद्यालयलाइ खाद्यान्न सहयोग गरेको छ । साथै सार्वजनिक स्थलको सरसफाइ समेत गरिएको श्रेष्ठले जानकारी दिइन् । सोमवार एक कार्यक्रमका बिच संस्था स्थापना र बिकासमा सहयोग पु¥याउने पाँच जनालाइ सम्मान गरिएको छ । संस्थाले अपाङ्गता भएका चेपा अच्छामीलाइ नगद तीन हजार सहित खाद्यान्न सहयोग पनि गरेको छ । संस्थाका अध्यक्ष निर्मला श्रेष्ठको अध्यक्षता तथा वडा नम्वर ७ का अध्यक्ष बिष्णु प्रसाद श्रेष्ठको प्रमुख अतिथ्यतामा कार्यक्रम भएको हो ।