‘क्वीक्स कप’को उपाधी ओल्ड क्यापिटललाई
‘क्वीक्स कप’को उपाधी ओल्ड क्यापिटललाई
गोरखा ः जिल्लामा जारी क्वीक्स कप अन्तर विद्यालय फुटबल प्रतियोगिताको उपाधी द ओल्ड क्यापिटल बोर्डिङ रानीवनले हात पारेको छ ।
सोमबार भएको फाइनल खेलमा सरस्वती मावि फिनामलाई ३(१ को गोल अन्तरले पछि पार्दै ओल्ड क्यापिटलले उपाधी जितेको हो । उपाधी बिजेता ओल्ड क्यापिटले नगद १५ हजारको साथमा ट्रफि, मेडल र प्रमाणपत्र पाएको छ ।
उपाधी उपबिजेता सरस्वती मावि फिनामले नगद ७ हजार ५ सय सहित मेडल प्रमाणपत्र पाएको आयोजक जिल्ला फुटवल संघले जनाएको छ ।
फाइनल खेलमा उत्कृष्ट खेल प्रदर्शन गरेका द ओल्ड क्यापिटलका सिशान्त परियारलाइ पनि पुरस्कार दिइएको छ । १४ गतेबाट शुरु भएको प्रतियोगितामा १० टिमको सहभागिता रहेको थियो । प्रतियोगीताको उपाधी बिजेता टिमले प्रदेश स्तरिय छनोट खेल खेल्न पाउने संघले जनाएको छ ।
