नेकपाले दुई नगरपालिकाको नेतृत्व टुङ्गो लगायो
नेकपाले दुई नगरपालिकाको नेतृत्व टुङ्गो लगायो
गोरखा ः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले गोरखाको दुई नगरपालिकाको नेतृत्व टुङ्गो लगाएको छ ।
गोरखा नगरपालिकामा पूर्व एमाले र पालुङटार नगरपालिकामा पूर्व माओबादीले नेतृत्व गर्ने गरि पार्टी एकता प्रक्रिया टुंगिएको पार्टीले जनाएको छ ।गोरखा नगरपालिकाको अध्यक्षमा बिशेश्वर कट्टेल र सचिवमा कृष्ण राना चयन भएका छन् । कट्टेल पूर्व एमालेका हुन् भने राना पूर्व माओवादीका हुन् । पालुङटार नगरपालिकाको अध्यक्षमा विवश चिन्तन र सचिवमा अमृत काराखेती चयन भएका छन् ।
चिन्तन पूर्व माओवादीका हुन् भने काराखेती पूर्व एमालेका हुन् । जिल्ला पार्टी एकता संयोजक समितिले प्रदेश कमिटिलाई गरेको सिफारिस अनुसार दुई नगरपालिकाको नेतृत्व चयन गरिएको स्रोतले बताएको छ । अन्य स्थानीय तहमा यस अघि नै नेतृत्व चयन भइसकेको छ ।