छैन बजार अनुगमन, उपभोक्ता ठगिदै

छैन बजार अनुगमन, उपभोक्ता ठगिदै


बुधबार, साउन २२, २०७६


छैन बजार अनुगमन, उपभोक्ता ठगिदै

गोरखा ः जिल्लाका उपभोक्ताको गुनासो बढ्दो छ । दैनिक उपभोग्य खाद्यान्नमा अखाद्य पदार्थ भेटिन थालेका छन् । प्रभावकारी र नियमित अनुगमनको अभावमा कालोबजारी बढेकै छ । बेलाबखत हुने बेमौसमी अनुगमनले औपचारिकता मात्र पुरा गरेको छ । त्यसो त आजभोली बेमौसमी बजार अनुगमन पनि ठप्प जस्तै छ । व्यापारीलाइ कालोवजारी गर्ने यो भन्दा सुनौलो मौका अरु कुन हुन सक्छ र !

सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वका संयुक्त बजार अनुगमन समिति छ । त्यति मात्र होइन गोरखा नगरपालिकामा उपप्रमुखको संयोजकत्व रहेको उपभोक्ता हित संरक्षण समिति मातहतमा प्रशासकिय अधिकृत नेतृत्वको बजार अनुगमन समिति पनि छ ।



– बेमौसमी अनुगमनको प्रभावकारीता शून्य

– व्यापारीलाई हुदैन कारवाही

यी सबैको काम       प्रभावकारी र नियमित अनुगमन गरी कालोबजारी अन्त्य गर्ने हो । नियम विपरित व्यापार व्यवसाय गर्नेलाइ कारवाही गर्ने अधिकार पनि यही समितिलाइ छ । तर न नियमित र प्रभावकारी बजार अनुगमन हुन्छ न कुनै व्यापारीलाइ आज सम्म कारवाही भएको छ ।

सोमवार जिल्लाकै एक पसलबाट खरिद गरिएको चामलमा अखाद्य पदार्थ भेटियो भनेर उपभोक्ताले गुनासो गरे । अनुगमनको ढोङ रच्दै पसलमा अनुगमन समिति पुग्यो । उपभोक्ताले खरिद गरेको सामानमा अखाद्य पदार्थ भेटियो भनेपछि मात्र अनुगमन गर्ने हो ? वा नियमित अनुमगन गरी त्यस्ता सामानहरु बेच्न रोक लगाउने हो ।

कहिले गुनासो आउला र अनुमगन            गरौला भनेर बिरालोले मुसा कुरे झै पर्खैर बस्ने प्रवृति भएको अनुगमन समितिबाट उपभोक्ताले के आश गर्ने ? जिल्लामा संचालित कतिपय पसलमा म्याद नाघेका सामानहरु बिक्री वितरण भइरहेका छन् । विना दर्ता पसल संचालन गर्नेहरुको पनि कमी छैन । मूल्यमा एकरुपता छैन । मूल्यसूचि अनिवार्य भएपनि सबै पसलमा मूल्यसूचि भेटिदैनन् ।

सरसफाइमा त्यस्तै वेवास्ता छ । बिरलै हुने बजार अनुगमनको क्रममा यस्ता धेरै त्रुटीहरु               भेटिन्छन् । तर व्यापारीलाइ न आज सम्म कारवाही भएको छ, न अनुगमनमा कडाइ । त्यसैले त कालोबजारी र व्यवसायीको मनोमानी बढीरहेको छ ।

बजार क्षेत्रमा देखिएको वेथिती अन्त्यका लागी अनुगमन समिति थप सक्रिय हुनु जरुरी छ । बजार अनुगमनको सन्दर्भमा सुरुवातसँग कुरा गर्दै प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेले अवका दिनमा अनुगमनलाइ निरन्तरता दिने       बताए । ‘बजारमा वेथिति बढेकै छ, अव नयाँ सहायक प्रमुख जिल्ला अधिकारी आउँदै हुनुहुन्छ उहाँ आएपछि अनुगमन नियमित हुन्छ,’ उनले भने ।

गोरखा नगरपालिकाकी उपप्रमुख बिना कुमारी श्रेष्ठले पनि अनुमगनको तालिका बनाएर नियमित अनुगमन गर्ने बताइन् ।

अखाद्य पदार्थ भेटिएको चामल परिक्षणका लागी भैरहवा लगियो

अखाद्य पदार्थ भेटिएको भनिएको चामल परिक्षणका लागी खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवा पठाइएको छ । सोमवार जिल्ला प्रशासन कार्यालयले परिक्षणका लागी खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय दमौली पठाएको थियो । ‘हामीले आज कुरियर गरेर भैरहवा पठाएका छौ,’ डिभिजन कार्यालय दमौलीका खाद्य अनुसन्धान अधिकृत शिवजी बरालले भने, ‘अवको एक हप्तामा रिपोर्ट आइपुग्छ ।’

तर कुनै पनि अवस्थामा, अन्य कारकहरूले पनि जीवनलाई असर गर्छ। मानसिक स्वास्थ्य वेबसाइटमा तपाईले धेरै रोचक जानकारी साथै वैवाहिक खुशीको लागि सरल बानीहरू पाउन सक्नुहुन्छ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda