रेडक्रसले बाँडेको बोका गाउँलेले मासु खाए !

रेडक्रसले बाँडेको बोका गाउँलेले मासु खाए !


बिहिबार, साउन २३, २०७६


रेडक्रसले बाँडेको बोका गाउँलेले मासु खाए !

जीविकोपार्जनका लागि भन्दै नेपाल रेडक्रस सोसाइटीले वितरण गरेको वोयर बोका काटेर गाउँलेले मासु खाएका छन् ।

सिरानचोक गाउँपालिका–३ हर्मीका प्रकाश अधिकारीलाई दिइएको वोयर बोका वुधवार वडाध्यक्षसहित स्थानीयले मिलेर काटेका हुन् ।



जीविकोपार्जनमा सहयोग पु¥याउने उद्देश्यले नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा गोरखाले गत मंसिर ११ गते साविकको हर्मी गाविसका प्रत्येक वडामा एक÷एक वटा वोयर बोका वितरण गरेको थियो । तर अधिकारीले पाएको बोका इलाका प्रहरी कार्यालय हर्मीकै परिसरमा काटेर स्थानीयले मासु भाग लगाएका हुन् ।

‘प्रकाशले गाउँको समूह–फाइनान्स सबैबाट ऋण लिएको रहेछ,’ वडाध्यक्ष वीरबहादुर थापाले भने, ‘घरमा बुढी आमालाई छाडेर ऋण तिर्न नसकेर भागेछ, अनि गाउँलेले घरमा पालेको सबै गाईवस्तु लिलामी गरे र त्यही बोका पनि लगेर काटेका हुन् ।’

उक्त बोका काट्दा १४ हजार रुपैयाँ उठेको उनले बताए । संकलित रकमको केही अंश अधिकारीको आमालाई दिने उनले बताए । सबैसँग सल्लाह गरेर बोका काटेर मासु बेचेको उनले जानकारी गराए ।

‘अध्यक्षले भनेर हामीले हाम्रो कम्पाउण्डमा काट्न दिएका हौ,’ इलाका प्रहरी कार्यालय हर्मीका इन्चार्ज केशबहादुर पौडेलले भने, ‘भाग लगाएर घरघरमै लैजानुभयो ।’

जीविकोपार्जनका लागि दिएको बोका काटेर मासु खाएपछि रेडक्रसले आपत्ति जनाएको छ । ‘अरु जातको बोका भन्दा यो जात चाँडै बढ्छ, मासु धेरै लाग्छ भनेर गुल्मी र अर्घाखाँचीबाट ल्याएर वितरण गरेको काटेर खाएछन्, अब के भन्ने,’ रेडक्रस गोरखा शाखा सभापति भगवानबाबु मास्केले भने ।

उक्त बोकाको ३० हजार रकम बराबरको बिमासमेत गरिएको उनले बताए । ‘आर्थिक अवस्था सुधार होला भनेर बाँडेको बोका वडाध्यक्ष आफै मिलेर काटेर खानुभएछ,’ उनले दुखेसो गरे ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda