एक दिवसीय अभ्यास वर्ग सम्पन्न
एक दिवसीय अभ्यास वर्ग सम्पन्न
गोरखा ः प्राज्ञिक विद्यार्थी परिषद नेपालको एक दिने अभ्यास वर्ग कार्यक्रम सम्पन्न भएको छ ।
बुधबार एक कार्यक्रमका बीच गोरखा सदरमुकाममा अभ्यास वर्ग सम्पन्न भएको हो ।कार्यक्रममा समाज र राष्ट्र प्रतिको युवाको भूमिका, जीवन उपयोगी शिक्षा, युवाको राष्ट्र प्रतिको दायित्व लगायतको विषयमा प्रशिक्षण एवं छलफल भएको नगर सचिव सुम्निमा ज्ञवालीले बताए ।
कार्यक्रममा गोरखा नगरपालिका भित्र सात वटा सामुदायिक विद्यालयमा अध्ययनरत कक्षा ११ र १२ का ३५ जना विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
सुम्निमा ज्ञवालीको अध्यक्षता तथा गोरखा नगरपालिकाकी उपप्रमुख विना कुमारी श्रेष्ठको प्रमुख अतिथ्यतामा कार्यक्रम भएको हो ।
