आदिवासी दिवसमा निजामती कर्मचारी सम्मानित
आदिवासी दिवसमा निजामती कर्मचारी सम्मानित
गोरखा ः निजामती सेवामा प्रवेश गरी जिल्लामा कार्यरत जनजाती कर्मचारीहरु सम्मानित भएका छन् ।
२५ औँ विश्व आदिवासी दिवसको अवसर पारेर नेपाल आदिवासी जनजाती महासंघ जिल्ला समन्वय परिषद गोरखाले शाखा अधिकृत र त्यस भन्दा माथिल्लो स्तरका निजामती कर्मचारीलाइ दोसल्ला ओडाएर कदरपत्रले सम्मान गरेको हो ।सम्मानित हुनेमा गोरखा नगरपालिकाकी प्रमुख प्रशासकिय अधिकृत कृष्णकुमारी श्रेष्ठ, प्रमुख प्रशासकिय अधिकृत मध्य बारपाक सुलिकोट गाउँपालिकाका शिवबहादुर गुरुङ, चुमनुब्री गाउँपालिकाका भिमसेन श्रेष्ठ, गण्डकी गाउँपालिकाका राकेश गुरुङ र शहिद लखन गाउँपालिकाका जिवन आलेमगर रहेका छन् ।
जिल्ला आयोजना कार्यान्वयन इकाइ भवनकी प्रमुख सुनिता श्रेष्ठ, गोरखा नगरपालिकाका लेखा अधिकृत प्रकाश थापा मगर, जिल्ला प्रशासन कार्यालयका अधिकृत डिल्लीप्रसाद श्रेष्ठ, शहरी आवास तथा भवन कार्यालयका इन्जिनियर अजयकुमार श्रेष्ठ र अधिकृत विश्वबाबु श्रेष्ठ पनि सम्मानित भएका छन् ।
दिबसको अवसरमा ‘मिस आदिवासी २०७५’ की उपाधी विजेता धार्चे गाउँपालिकाकी एलिजा गुरुङलाई पनि सम्मान गरिएको छ ।
परिषद जिल्ला अध्यक्ष विष्णु राना मगरको अध्यक्षतामा भएको कार्यक्रममा आदिबासी जनजाती महासंघका पूर्व केन्द्रिय महासचिव परशुराम तामाङले पहिचान र अधिकारका लागि सबै एकजुट हुनपर्ने बताए ।