चोरीको आरोपमा १७ जना भारतीय नागरिक पक्राउ
चोरीको आरोपमा १७ जना भारतीय नागरिक पक्राउ
गोरखा ः चोरी गरेको आरोपमा १७ जना भारतीय नागरिक पक्राउ परेका छन् । कुखुराको चल्ला वेच्ने निहुँमा चोरी गरेको भन्दै प्रहरीले उनीहरुलाइ पक्राउ गरेको हो ।
यही साउन २१ गते राती गोरखा नगरपालिका–९ ठिगुरेस्वाँरामा भएको सुन चोरीको घटनामा समेत उनीहरुको संलग्नता रहेको हुन सक्ने प्रहरीको अनुमान छ ।
उनीहरुलाइ चोरी सम्बन्धि कसुरमा मुद्धा दर्ता गरी थप अनुसन्धान भइरहेको डिएसपी महेन्द्र नेपालले बताए ।