रमाइलो गाईजात्रा साँझमा झुमे दर्शक
रमाइलो गाईजात्रा साँझमा झुमे दर्शक
गोरखा ः लियो क्लब अफ गोरखाको आयोजनामा शनिबार रमाइलो गाइजात्रा साँझ भएको छ ।
जिल्लाका अनाथ, असहाय विद्यार्थी तथा बालबालिकाहरुलाइ शैक्षिक सामग्री सहयोग गर्ने उद्देश्यले कार्यक्रम संचालन गरिएको हो ।
कार्यक्रमबाट एक लाख भन्दा बढि रकम संकलन भएको क्लबले जनाएको छ । गोरखा नगरपालिका९६ रानीपोखरीमा भएको कार्यक्रममा राष्ट्रिय लोकदोहोरी गायिका शान्ति श्री परियारले ‘गलवन्दी च्यातियो’, ‘बोल माया’ लगायतका चर्चित गीतहरु गायकी थिइन् ।
त्यस्तै गायक दिपसागर थापाले ‘मुसुमुसु नहाँस मायाले’, ‘काठमाण्डौमा पशुपतिनाथ मुस्ताङमा मुक्तिनाथ’ लगायतका गित गाएर दर्शक नचाएका थिए । त्यस्तै लोकगायक हरिराम परियारको सांगितिक प्रस्तुती समेत रहेको थियो ।
कार्यक्रममा हास्यकलाकार दिपक थापाको हास्य व्यंग्य प्रस्तृती सँगै स्थानीय कलाकारहरुले समेत प्रस्तुती देखाएका थिए । क्लबका अध्यक्ष बिदुर भट्टराइको अध्यक्षता तथा प्रतिनिधी सभा सदस्य चुडामणी खड्काको प्रमुख अतिथ्यतामा कार्यक्रम भएको हो ।