सामाजिक सञ्जालमा बालबच्चाः गोपनियताबारे पनि सोच्ने कि ?

सामाजिक सञ्जालमा बालबच्चाः गोपनियताबारे पनि सोच्ने कि ?


सोमवार, साउन २७, २०७६


सामाजिक सञ्जालमा बालबच्चाः गोपनियताबारे पनि सोच्ने कि ?

बच्चालाई कसरी हुर्काउने ? अहिले धेरै अभिभावकले मन्थन गर्ने कुरा हो । आफ्नो बच्चा स्वस्थ्य, सुखी, सफल, सबल, सक्षम, सभ्य, सुशिक्षित होस् भन्ने हेतुले अभिभावकहरु आफ्नो बच्चाको हुर्काइ-बढाईमा निकै ध्यान दिन थालेका छन् । विगतमा यस्तो थिएन ।

छोराछोरी आफै हुर्कन्थे । एकै बुवाआमाका थेरै छोराछोरी हुन्थे । उनीहरु आपसमा खेल्दै, मिल्दै, झगडा गर्दै, रमाउँदै हुर्कन्थे । न छोराछोरीको निगरानी आमाबुवाले गर्नुपथ्र्यो, न उनीहरुप्रति धेरै चिन्तित नै हुनुपथ्र्यो । बालबच्चा हुर्काउनका लागि हजुरआमा, हजुरबा, काका, काकी सबै संलग्न हुन्थे ।



अहिले भने धेरैजसो परिवार टुक्रिएको छ । दम्पतीहरु संयुक्त परिवारबाट अलग भएका छन् । उनीहरुले एउटा मात्र सन्तान हुर्काइरहेका छन् । यस्तो अवस्थामा उनीहरु बालबच्चाको स्यहारसुसारमा आफै संलग्न छन् । साथसाथै बालबच्चाको भविष्यप्रति अरु बढी सर्तक र चिन्तित पनि छन् ।

त्यही कारण उनीहरु छोराछोरीलाई कसरी हुर्काउने, कसरी बढाउने भन्ने कुरा खोजिरहेका हुन्छन् ।  यसरी छोराछोरी हुर्काउने क्रममा अभिभावकले अनेक किसिमका शैली अपनाइरहेका पाइन्छन् ।

कोही अभिभावक छोराछोरीलाई अति नै निगरानीमा हुर्काइरहेका हुन्छन् भने कोही अभिभावक अलि स्वतन्त्रपूर्वक ढंगले हुर्काइरहेका हुन्छन् । कसैले छोराछोरीलाई घरबाहिर खेल्न प्रेरित गरिरहेका हुन्छन् भने कसैले घरबाट बाहिर निस्कन दिइरहेका हुँदैनन् ।

अर्थात प्यारेन्टिङको प्रवृत्तिपनि थरीथरीका छन् । अभिभावकको यस्तै प्रवृत्तिलाई विभिन्न नाम दिन थालिएको छ । जस्तै, हेलिकप्टर प्यारेन्टिङ, टाइगर प्यारेन्टिङ, अथोरिटेरियन प्यारेन्टिङ । यी सबै प्यारेन्टिङको फाइदा होलान, बेफाइदा पनि ।

अहिले यस्तै प्यारेन्टिङको नयाँ शैली भित्रिएको छ, शेरेन्टिङ ।

पछिल्लो समय प्रविधिको विस्तार र सहज पहुँचसँगै यस किसिमको प्यारेन्टिङ प्रवृत्ति बढ्दो छ । के हो त शेयरटिङ ?

वास्तवमा बालबच्चाको हरेकजसो गतिविधि वा आफ्ना बालबच्चासँग जोडिएको हरेक कुरा सामाजिक सञ्जालमा शेयर गरिरहेका हुन्छन् । कसैले टिकटकमार्फत, कसैले युट्युबमार्फत । आफ्ना बालबच्चाको गतिविधिलाई कैद गर्ने र त्यसलाई साझेदार गर्ने अभिभावक बढ्दो छ ।

आफ्ना बालबच्चाले कुनै उपलब्धी हासिल गरेमा उनीहरु त्यसलाई सामाजिक सञ्जालमा साझेदार गर्छन् । आफ्ना बालबच्चाले कुनै रमाइलो हर्कत गरेमा पनि उनीहरु सामाजिक सञ्जालमा त्यसलाई फैलाउँछन् ।

कतिपय अभिभावक त यस्ता छन् जो बालबच्चाको हरेकजसो कुरा जस्तो कि बोलेको, खेलेको, हिँडेको, नखरा पारेको, रोएको सबै सामाजिक सञ्जालमा साझेदार गरिरहेका हुन्छन् ।

एक हिसाबले त यसलाई सही मान्न सकिएला । उपलब्ध प्रविधिको प्रयोग भनेर पनि बुझ्न सकिएला । वा समय अनुसार बालबच्चालाई एक्सपोज गराउने मेलो पनि मानिएला ।

यद्यपी अबोध बालबालिका, जसलाई आफ्नो गतिविधि कहाँ, कसले हेर्छ भन्ने थाहा छैन, उनीहरुको भिडियो, फोटो आदि सामाजिक सञ्जालमा शेयर गर्नु त्यती हितकार मानिदैन ।

यसले बच्चाको निजत्वको हनन हुने मात्र होइन, सुरक्षा खतरा पनि बढाइदिन्छ ।

तत्काल त यस किसिमको गतिविधि आमाबुवालाई रमाइलो लाग्छ । आफ्ना बालबच्चाको गतिविधि साझेदार गरेर त्यसबारे चर्चा गर्नु पनि आनन्द आउन सक्छ । साथै छोराछोरीबारे आफन्त, इष्टमित्र, चिनेजानेकाले थाहा पाउँछन् ।

यद्यपि यसले दीर्घकालिन अवस्थामा चाहि समस्या निम्त्याउन सक्छ । सानै उमेरामा छोराछोरीको सम्पूर्ण कुरा सामाजिक सञ्जालमा खुलाइदिदा पछि कतिपय अवस्थामा उनीहरुले संकट झेल्नुपर्ने पनि हुनसक्छ । किनभने उनीहरुको गोपनियता सबै बाहिरिएको हुन्छ । आफ्नो बच्चाको कुनैपनि गोप्य कुरा सुरक्षित रहँदैन ।

उनको बारेमा सबै कुरा बाहिरिन्छ । यसले भोलिका दिनमा उनलाई कतिपय कठिनाइ आउन सक्छ । त्यसैले बालबच्चाको गतिबिधि सामाजिक सञ्जालमा शेयर गर्ने प्रवृत्तिमाथि अभिभावकले मन्थन गर्नुपर्ने अवस्था छ । by onlinekhabar


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda