आधारभूत व्यूटीसियन तालिम सम्पन्न
आधारभूत व्यूटीसियन तालिम सम्पन्न
सौन्दर्य कला व्यवसायी संघ गोरखाको आयोजनामा भएको आधारभूत व्यूटीसियन तालिम सम्पन्न भएको छ । गोरखा नगरपालिकाको आर्थिक सहयोगमा भएको तालिममा नगरपालिकाका १४ वटा वडाबाट दुइ÷दुई जना गरी कुल २८ जनाको सहभागीता रहेको थियो ।
व्यवसाय संचालन गरी आयआर्जनमा सघाउ पु¥याउने उदेश्यले तालिमको आयोजना गरिएको संघकी अध्यक्ष सुकु श्रेष्ठले बताइन् । तीन महिना सम्म संचालन भएको तालिमको सोमवार एक कार्यक्रमका बिच समापन गरिएको हो ।
संघकी अध्यक्ष श्रेष्ठको अध्यक्षता तथा गोरखा नगरपालिकाकी उपप्रमुख बिना कुमारी श्रेष्ठको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा वडा नम्वर ६ का अध्यक्ष नारायण अर्याल, ८ का अध्यक्ष कृष्ण बहादुर खत्री, संघकी कोषाध्यक्ष रिता श्रेष्ठ, सहभागीको तर्फबाट बिमला ढुंगाना लगायतले मन्तव्य राखेका थिए ।