चार स्थानीय तहमा सुरक्षित आप्रवासन परियोजना
चार स्थानीय तहमा सुरक्षित आप्रवासन परियोजना
गोरखा ः जिल्लाका चार स्थानीय तहमा सुरक्षित आप्रवासन परियोजना लागू हुने भएको छ ।
स्वीस सरकारको सहयोगमा बैदेशिक रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय मार्फत गोरखा र पालुङटार नगरपालिका तथा बारपाक सुलिकोट र सहिद लखन गाउँपालिकामा परियोजना लागू हुनेछ ।दुइ बर्षको अवधिमा जिल्ला प्रशासन कार्यालयबाट धेरै राहदानी लिने संख्याको आधारमा चार स्थानिय तह छनोट गरिएको मन्त्रालयका राजन भट्टराइले बताए ।
आर्थिक बर्ष २०७४÷०७५ मा जिल्लाबाट बैदेशिक रोजगारमा जानेको संख्या ८ हजार रहेको उनले जानकारी दिए । परियोजना लागू गर्न गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्तको संयोजकत्वमा परियोजना व्यवस्थापन समिति गठन भएको छ ।
सोमवार जिल्ला सदरमुकाममा परियोजना बारे जानकारी दिन गरिएको कार्यक्रमको अवसरमा समिति गठन गरिएको हो ।
समितिमा कार्यक्रम लागू हुने स्थानीय तहका अध्यक्षहरु, प्रमुख प्रशासयिक अधिकृतहरु, सामाजिक विकास समितिका संयोजक, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि, स्रोत केन्द्रका कर्मचारी र गोरखा नगरपालिकाका सामाजिक विकास शाखाका प्रमुख सदस्य रहेका छन् ।‘बैदेशिक रोजगारमा जानेहरु नठगिउन्, भाषा तथा सिप सिकेर बिदेश जाउन्, र श्रम गरेर कमाएको पैसाको सहिसदुपयोग गरुन् भन्ने कुराको बारेमा सचेत गराउने काम परियोजनाले गर्छ,’ भट्टराइले भने ।
आप्रवासनका समस्याहरु सबै मिलेर काम गर्दा सेवाको गुणस्तरमा बृद्धि हुने, प्रशासनिक झन्झट र खर्चलाइ न्यूनिकरण गर्न सहयोग पुग्ने उनले बताए ।
परियोजना लागू भए पश्चात जिल्ला प्रशासन कार्यालयमा स्रोत केन्द्र स्थापना गरिने उनको भनाइ छ । केन्द्र स्थापनाका लागी संस्था छनौट प्रक्रिया छिटै सुरु गर्र्नेे वैठकले निर्णय गरेको छ । परियोजना लागू गर्नका लागि मन्त्रालयले शसर्त अनुदान मार्फत स्थानीय तहमा आवश्यक बजेट समेत पठाइसकेको छ ।
गोरखा नगरपालिकामा ४१ लाख र अन्य तीन स्थानीय तहमा ११÷११ लाख रकम विनियोजन भएको भट्टराइले बताए ।