भारतीय आलुमा ४७ प्रतिशत विषादी

भारतीय आलुमा ४७ प्रतिशत विषादी


बुधबार, साउन २९, २०७६


भारतीय आलुमा ४७ प्रतिशत विषादी

गण्डकी प्रदेशको  राजधानी पोखरामा भारतबाट आयात गरिएको सेतो आलुमा ४७ प्रतिशत विषादी मिसावट भएको भेटिएको छ ।

भारतबाट बिक्रीका लागि ल्याइएको सेतो आलुमा बिषादीको रोकावट दर ४७ प्रतिशतसम्म भेटिएको बाली संरक्षण प्रयोगशाला कास्कीका बाली संरक्षण अधिकृत सञ्जीव बास्तोलाले बताए ।



‘विषादी रोकावट दर ३० प्रतिशतसम्म हुँदा खानयोग्य हुन्छ, ३० देखि ४५ प्रतिशतसम्म यसको मात्र बढी भएमा एक हप्ता जसो अप्जरवेसन गरेर मात्र खान सकिन्छ,’ उनले भने, ‘त्योभन्दा माथिको प्रतिशत आएमा खान अयोग्य ठहरिन्छ, त्यस्ता वस्तुलाई नष्ट गर्नुपर्छ ।’

केही समयअघि विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला इकाई कार्यालय  पोखराले आलुमा कार्वाेमेट परीक्षण गर्दा मानव स्वास्थ्यका लागि उक्त आलु खान अयोग्य भएको पुष्टि गरेसँगै कृषि उपज बजार व्यवस्थापन समितिले उक्त आलुलाई नष्ट गरेको थियो ।

पोखराका ४ जना व्यवसायीले   भारतबाट ल्याएको सेतो आलुमा अत्याधिक विषादी भेटिएकाले समितिले उक्त आलु मानव स्वास्थ्यलाई हानिकारक हुने भन्दै नष्ट गरेको कृषि उपज बजारकी निमित्त बजार व्यवस्थापक रुपा दाहालले बताईन् । उनका अनुसार पोखरामा विगत तीन महिनादेखि फलफूल तथा तरकारीमा विषादीको मात्र परीक्षण गरिँदै आएको छ ।

प्रायःजसो आलु, प्याज भारतबाट आउने गरेको भन्दै उनले अन्य फलफूल र तरकारी सिजनअनुसार र पोखराको मागअनुसार भारतबाटै धेरै आउने बताइन् । पोखरा आउने अन्य फलफूल र तरकारीमा भने केही न केही बिषादीको मात्रा भए पनि आलु खान अयोग्य प्रमाणित भएको उनले जानकारी दिइन् ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda