पैदल हिँड्नुहोस, रोग मुक्त रहनुहोस

पैदल हिँड्नुहोस, रोग मुक्त रहनुहोस


बिहिबार, साउन ३०, २०७६


पैदल हिँड्नुहोस, रोग मुक्त रहनुहोस

तपाईं दैनिक कति समय हिँड्नु  हुन्छ ? संभवत यसको हिसाब किताब राख्नुभएको छैन । मुड चल्दा हिँड्नुहुन्छ । अन्य दिनमा हिँड्ने जाँगर चल्दैन । सागसब्जी किन्न बजारसम्म पुग्न पनि तपाईंलाई मोटरसाइकल चाहिन्छ । आधा घण्टा, एक घण्टा वा त्यो भन्दा बढी समय लाग्ने यात्राका लागि तपाईं गाडी चढ्नुहुन्छ । त्यती मात्र होइन,                थोरै दुरी छिचोल्न परेमा पनि तपाईंलाई हिँड्ने जाँगर चल्दैन ।

यात्रामा हिँड्ने कुरै भएन । कार्यलयमा पुगेपछि हिँड्ने कहाँ ? कामको चक्करमा एउटै कुर्सीमा बसेर घण्टौं बिताइदिनुहुन्छ । साथीभाईसँग गफिन पाएमा पनि तपाईं घण्टौ एकै आसनमा बस्नुहुन्छ । घरमा  त हिँडडुल गर्ने फुर्सद नै छैन । वास्तवमा पैदल हिँड्नु स्वास्थ्यका लागि अति लाभदायक छ ।



यद्यपि हामी पैदल हिँड्नु अल्छी मान्छौं । पैदल हिँड्दा समय बर्वाद भएको ठान्छौं । शहरमा धूलो, धुँवाले गर्दा पनि पैदल हिँड्न केही कठिाइनाई छ । जबकी पैदल हिँड्ने हो भने न समयको बर्वाद हुन्छ, न स्वास्थ्यमा क्षति नै । पैदल हिँड्दा शरीरको समुचित व्यायाम हुन्छ । जब तपाईं फटाफट हिँड्न थाल्नुहुन्छ, तपाईंका हात, खुट्टा लगायत सबै अंग सक्रिय हुन्छ । कुनैपनि अंगलाई भार पर्दैन ।

समुचित ढंगले सबैको व्यायाम हुन्छ । यद्यपि दश, पन्ध्र मिनेटको बाटोमा पनि हामी गाडी चढ्छौं । कार्यलय आउजाउ गर्दा गाडी नभई हुन्न । किनमेल गर्न जाँदा गाडी नै चाहिन्छ । हामीमा हिँड्ने बानी छैन । हिँड्न हामीलाई जाँगर चल्दैन । न व्यायाम गर्छौं, न पैदल हिँड्न जाँगर चलाउँछौं ।

त्यही कारण हाम्रो शरीर जिर्ण र रोगी हुँदै जान्छ । औषधी खाने अवस्थामा पुगिसकेपछि मात्र व्यायाम गर्नुपर्ने रहेछ भनेर हाम्रो चेत खुल्छ । जबकी सामान्य काममा पनि हिँडडुल गर्ने बानीको विकास गर्ने हो भने यस्ता सानातिनो रोगले शरीरलाई केही गर्न सक्दैन । त्यसैले दिनमा केही न केही वाहाना गरेर भएपनि हिँड्ने गरौं । पैदल हिँडौं । छोटो दुरीमा कार्यलय छ भने पैदल हिँड्दै पुग्नु उत्तम हो ।

यसले गर्दा अतिरिक्त व्यायाम गर्ने समय खर्च हुँदैन । पैदल हिँड्दा मांशपेशीदेखि मस्तिष्कसम्मलाई फाइदा पुग्छ । जब तपाईं फटाफट हिँड्न गर्नुहुन्छ, मांशपेशी, हड्डी, जोर्नी लगायतको स्वत व्यायाम हुन्छ । मधुमेह, उच्च रक्तचाप जस्तो समस्या भएकाहरुले त हिँड्नु अरु फाइदाजनक छ ।

स्वस्थ्य मुटु

पैदल हिँड्ने मान्छेको मुटु स्वस्थ्य हुन्छ । पैदल हिँड्दा मुटुलाई निकै फाइदा पुग्छ । चिकित्सकका अनुसार कोलेस्टोरलाई सन्तुलित राख्नका लागि सही खानपानसँगै दैनिक तीस मिनेट हिँड्नु अनिवार्य छ । बलियो हड्डीःनियमित हिँडडुल गर्दा हड्डी तथा जोर्नीलाई पनि फाइदा पुग्छ । तौल नियन्त्रणः

अहिले धेरैजसो मोटोपनको शिकार भएका छन् । उनीहरुलाई मोटोपन कसरी घटाउने भन्ने चिन्ता छ । यदि नियमित रुपले पैदल हिँड्ने हो भने धेरै हदसम्म मोटोपनि पनि नियन्त्रण हुन्छ ।
मधुमेहमा लाभ, मस्तिष्कलाई फाइदाःनियमित रुपमा दैनिक आधा घण्टा हिँड्नुपर्छ, मस्तिष्क पक्षघातको खतरा करिब ३० प्रतिशत कम हुन्छ ।

भनिन्छ, नियमित पैदल हिँड्दा मस्तिक पनि स्वस्थ्य हुन्छ । बिहान खाली खुट्टा हरियो चौरमा हिँड्दा आँखाको दृष्टि बढ्छ ।

मुड खराब भएमा ःकहिले काहीँ एकोहोरो काम गरिरहँदा हाम्रो मुड खराब हुन्छ । हामीलाई दिक्क लाग्छ, झर्को लाग्छ । मुड एकनास रहँदैन । स्थिर र शान्त रहँदैन । यदि त्यसो हो भने तीस मिनेट जति पैदल हिँड्नुपर्छ, यस्तो समस्याबाट मुक्ती पाइन्छ ।

–साभार अनलाइनखवर


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda