विपन्न वालबालिकाको शिक्षामा सहयोगार्थ महायज्ञ
विपन्न वालबालिकाको शिक्षामा सहयोगार्थ महायज्ञ
गोरखा ः जिल्ला सदरमुकामको हरमटारी खेल मैदानमा श्रीमद्भागवत ज्ञान महायज्ञ हुने भएको छ । फेस नेपाल मिडियाको संरक्षण तथा श्रीमद्भागवत ज्ञान महायज्ञ मूल समारोह समिति परिवारको आयोजनामा यही भदौ ३ देखि १० गते सम्म महायज्ञ हुन लागेको हो ।
जिल्लाका गरिब तथा विपन्न बालबालिकाहरुको शिक्षामा सहयोग पु¥याउने उदेश्यले महायज्ञ गर्न लागिएको शनिवार जिल्ला सदरमुकाममा पत्रकार सम्मेलन गरी बताइएको छ । महायज्ञबाट संकलन भएको रकमले जिल्लाका करिव एक हजार गरिव तथा विपन्न वालबालिकाको शैक्षिक क्षेत्रमा सहयोग गर्ने आयोजकले जनाएको छ ।
महायज्ञमा करिव ५० हजार भक्तजनको सहभागीता रहने अनुमान गरिएको छ । महायज्ञमा पण्डित दीनवन्धु पोखरेलद्धारा कथा वाचन हुने छ ।