भ्रमण बर्ष २०२० सफल बनाउन म्याराथन दौड
भ्रमण बर्ष २०२० सफल बनाउन म्याराथन दौड
गोरखा ः जिल्लामा ‘लिगलिगकोट सिरानचोक गोरखा दरवार खुल्ला म्याराथन दौड’ प्रतियोगीता हुने भएको छ ।
नेपाली सेना, गोरखा नगरपालिका, पालुङटार नगरपालिका र सिरानचोक गाउँपालिकाको संयुक्त आयोजनामा यही भदौ २५ गते प्रतियोगीता हुन लागेको हो ।नेपाल एकीकरणको उद्गम थलो गोरखाको इतिहास जगेर्ना गर्दै पर्यटन प्रवद्र्धनमा सहयोग पु¥याउने उदेश्यले प्रतियोगीता गर्न लागिएको आइतवार पत्रकार सम्मेलनमा बताइएको छ । प्रतियोगीताबाट नेपाल सरकारले घोषणा गरेको भ्रमण बर्ष २०२० कार्यक्रमलाइ पनि सहयोग पुग्ने अपेक्षा आयोजकको छ ।
‘२० लाख पर्यटक भित्रयाउने लक्ष्य लिएर सरकारले सन् २०२० लाइ भ्रमण बर्षको रुपमा मनाउने तयारी गरेको छ,’ गोरखा नगरपालिकाका मेयर राजनराज पन्तले भने, ‘प्रतियोगीताले सरकारको त्यो कार्यक्रमलाइ पनि टेवा पुग्ने अपेक्षा गरेका छौ ।’ नेपाल भ्रमण बर्ष २०२० लाइ लक्षित गरी जिल्लाको ऐतिहासिक तथा धार्मिक स्थलको प्रचार प्रसार गर्ने उदेश्य समेत रहेको उनले बताए ।
पालुङटार नगरपालिकाको लिगलिगकोटबाट शुरु हुने दौड सिरानचोक गाउँपालिकाको हर्मी, सिरानचोक हुदै गोरखा नगरपालिकाको गोरखा दरवार पुगेर टुङ्गिने छ । ३८ किलोमिटर दुरीको उक्त दौड प्रतियोगीतामा प्रथम हुनेले नगद १ लाख ५० हजारको साथमा मेडल र प्रमाणपत्र पाउनेछन् ।
दोस्रो हुनेले १ लाख र तेस्रो हुनेले ५० हजार नगद पाउने आयोजक मूल समितिले जनाएको छ । प्रतियोगीतामा दशौ स्थान सम्म हासिल गर्ने प्रतियोगीलाइ पुरस्कारको व्यवस्था गरिएको छ । ‘तीन पालिका भित्र रहेको ऐतिहासिक महत्वका क्षेत्र समेटेर दौडको रुट तय गरेका हौ, यसले पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने पक्का छ,’ पालुङटार नगरपालिकाका मेयर दिपक कडेलले भने ।
दौड जितेर राजा बनेका द्रव्यशाहले राजकाज प्रारम्भ गरेको स्थान लिगलिगकोट बाट दौड शुरु हुने उनले बताए । प्रतियोगीताले सिरानचोक गाउँपालिकामा रहेको सिरानचोक कोट, छाप्राक लगायतका ऐतिहासिक स्थल प्रवद्र्धनमा सघाउ पुग्ने गाउँपालिका अध्यक्ष राजु गुरुङले बताए ।
प्रतियोगीता गर्न करिव दश लाख खर्च लाग्ने अनुमान गरिएको छ । प्रतियोगीताका लागी तीन पालिकाले ३÷३ लाख र नेपाली सेनाको रणसिंह दल गणले एक लाख रकम बिनियोजन गर्ने भएको छ । प्रतियोगीताले सैनिक र नागरिक बिचको सम्बन्ध सुधार सँगै नेपाल भ्रमण बर्ष २०२० सफल बनाउन सहयोग पुग्ने रणसिंह दल गणका प्रमुख उज्वल केसीले बताए ।
प्रत्यक बर्ष प्रतियोगीतालाइ निरन्तरता दिदै उक्त रुटलाइ पदमार्गको रुपमा बिकास गर्ने योजना रहेको आयोजक मूल समितिले जनाएको छ ।